मङ्लबार, बैशाख ११, २०८१

स्नातक युवा अगुवा किसान

बागलुङ, ७ चैत । व्यावसायिक तरकारी खेतीबाट यहाँका एक युवाले यथेष्ट आम्दानी गर्दै आएका छन् । बागलुङ नगरपालिका–४ का किसान वैकुण्ठ सापकोटाले तरकारी बेचेर वार्षिक रु तीन लाखसम्म कमाई गर्न थालेका छन् । पढाइमा स्नातक सापकोटाको परिचय अहिले अगुवा किसानका रुपमा फेरिएको छ ।
पाँच रोपनी क्षेत्रफलमा तरकारी खेती गर्दै आएका सापकोटा व्यावसायिक कृषि उद्यममा लागेको चार वर्ष बितेको छ । “पाँचवटा प्लास्टिक घर (टनेल) मा तरकारी खेती छ, सबै खर्च कटाएर वर्षमा साढे दुई लाखसम्म आम्दानी हुन्छ”, सापकोटाले भने । बेमौसमी तरकारी उत्पादनमा पनि उनी सफल किसानका रुपमा चिनिन्छन् ।
मुख्यगरी गोलभेँडा, भेँडे खुर्सानी, करेला, घिरौँला, काँक्रा लगायतका तरकारी उत्पादन हुन्छ । “यहाँको उत्पादनलाई बजारको समस्या छैन, बागलुङ बजारमै सबै खपत हुन्छ”, सापकोटाले भने ।

प्रकाशित मिति: आइतवार, चैत्र ७, २०७२