शुक्रबार, बैशाख ७, २०८१

श्वेत क्रान्तिको बिगुल फुक्दै पौडेल

काठमाडौं, ६ चैत। कृषि प्रधान भन्ने तर कृषिका लागि प्रभावकारी काम नहुने भएकै कारण मुलुकमा अरबौंको कृषि उपजहरु हरेक बर्ष नेपालमा भित्रिएका छन् । नीति एकातिर काम अर्कोतिर भएकै कारण यो अवस्था आएको भन्दा फरक पर्दैन भन्छन्, नेपालमा सवैभन्दा धेरै गाईपालेर चर्चित भएका गाईपालक किसान शशी पौडेल । सरकारी स्थायी शिक्षकको जागिरे, पेट्रोल पम्पको मालिक भएर पनि रमाउन नसकेपछि ती सवै व्यवसायलाई चटक्क छाडेर संसारको धनी अनि सवैको सपनाको देश अमेरिका हामपालेका पौडेल अमेरिकामा खुशी हुन सकेनन् । अमेरिका पुगेको एक महिना पुग्न नपाउंदै आफ्नै जन्मभूमि फर्किए । sha
देश आर्थिक रुपमा जर्जर हुंदा उत्पादन बृद्धि गर्ने तर्फ लाग्नुको सट्टा रेमिट्यान्मा दङ्ग पर्ने सरकारका लागि मुलुकमा नै केही गर्नु पर्दछ । आफ्नै माटोमा रमाउंनु पर्दछ र यही माटोमा सुन फलाउनु पर्दछ भन्ने राष्ट्रिय स्वाभिमान बोकेर देश फर्के र थाले गाई पाल्न ।
अनपढ र अशिक्षितहरुले मात्र पशुपालन गर्ने, कृषि कर्म गर्ने नकारात्मक सोच लिएर बसेका शिक्षित र सम्भ्रान्तहरुलाई समेत शशी एउटा त्यस्तो पात्र बने जसले राजनीतिक क्रान्तिका माध्यमबाट छलाङ्ग मार्न खोज्नेहरुलाई स्वेत क्रान्तिको विगुल फुकिरहेका छन् । उनको श्वेत क्रान्तिको विगुल फुकाई गाई पालनप्रति उनलाई चिन्ने जान्नेहरुले त मुर्खताको पराकाष्टा भन्ने संकेत पनि गरे । कतिपयले बुद्धि बिग्रेको भने तर उनले नजाने गाऊँको बाटो सोधेनन् उनीहरुले पोख्ने गरेका शब्दबाणहरुलाई वास्ता पनि गरेनन् । शशी पौडेल भन्छन्, ‘नेपाल कृषिप्रधान मुलुक भए पनि कृषि वा पशुपालन परम्परावादी र निर्वाहमुखी मात्र भयो त्यसमा नै रमाउनुको विकल्प छैन किसानहरुको तर त्यसलाई तोडेर व्यावसायीकरण र आधुनिकरण गर्न सके मात्र कृषिले काँचुली फेर्न सक्छ भन्नेमा आपूm ढुक्क भएकै कारण लागेको थिएँ अहिले त्यसले सार्थतकता पाएको छ ।’
अहिले दूध उत्पादन घट्दै गईरहेको छ । हुन त यो सिजन दूध उत्पादन धट्ने सिजन पनि हो तर अहिलेसम्म न त व्यवसायीले न त सरकारले एकै नासले दूध उत्पादन गर्न सक्ने अवस्था हुंदा हुंदै पनि त्यो गर्न नसकेको गुनासो पनि उनले गरेका छन् । प्रष्ट बोल्न रुचाउने पौडेल भन्छन्, ‘सरकारले भारतबाट प्रतिलिटर ५५ रुपैया“मा दूध किन्छ तर नेपाली कृषकलाई ३५–३६ रुपैया“मात्र दिन्छ । कमिसन खानका लागि गरिने यस्तो राष्ट्रघाती व्यवहारको अन्त्य नभएसम्म नेपाल दूधमा आत्मनिर्भर हुन सक्दैन ।’
दूध उत्पादनका लागि मात्र होइन पौडेलको फार्म गाईपालन गर्न खोज्नेहरुको लागि श्रोतका केन्द्रका रुपमा लिने गरिएको छ । त्यसैले त मुलुकका विभिन्न जिल्ला जिल्लाबाट किसानहरु व्यावसायिक फार्म सञ्चालन गर्नका लागि उनको फार्ममा जानकारी लिन आउने गरेका छन् । कृषि सहकारी, कृषक समूह, कृषि अध्ययन संस्थानका विद्यार्थी तथा प्राध्यापकहरुका लागि पनि पौडेलको फार्म पुस्तकालय जस्तै बनेको छ ।
यस क्षेत्रमा उनले गरेको योगदानलाई कदर गर्दै ०६७ मा राष्ट्रपतिबाट विकास रत्नले विभूषित भए भने ०६८ मा विश्व बैंकबाट नवीकरणीय ऊर्जाका क्षेत्रमा छनोट भई उपविजेता बने । त्यसैगरी विश्व बैंकले उनको फार्मलाई ७७ लाख अमेरिकी डलर अनुदान दिने गरी छनोट ग¥यो । त्यस्तै, ०७१ मा कृषि पत्रकार समाजद्धारा उत्कृष्ट कृषि सम्मान समेत प्राप्त गरे सफल भएका छन् ।
उनको फार्ममा अवलोकन गर्नका लागि पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल, माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई, झलनाथ खनाल, अर्थमन्त्री, कृषिमन्त्री, योजना आयोगका उपाध्यक्ष, गभर्नर, मुख्य सचिवस“गै विभिन्न दलका शीर्ष नेताहरू, विदेशी दातृनिकायका उच्च अधिकारीहरु पनि पुग्ने गरेका छन् । हालसम्म करिव ८० करोडको लगानी पुगेको सो फार्म रुपन्देहीको टिकुलीगढमा २० बिघा क्षेत्रफलमा लुम्बिनी एग्रो प्रडक्ट्स एन्ड रिसर्च सेन्टर प्रालिका नामबाट फार्म सञ्चालन भईरहेको छ, भने होलस्टन र जर्सी जातका करिव ५ सयको संख्यामा गाईहरु पालिएका छन् । जसबाट दैनिक १ हजार लिटर भन्दा बढी दूध उत्पादन हुंदै आएको छ । नेपालको अहिलेसम्मकै ठूलो गाई फार्मको रुपमा रहेको सो फार्ममा तीन दर्जनले प्रत्यक्ष रुपमा रोजगारी पाईरहेका छन् भने एकैपटका १२ वटा गाईको दुहुन सक्ने एक दर्जनभन्दा बढी मेसिन र दूध चिस्याउनका लागि मेसिन समेत उनले जडान गरेका छन् ।
ठूलो फार्म भएकै कारण गाईबाट बाच्छीमात्र जन्माउन मिल्ने ‘सेक्समिन ब्रिडिङ’ प्रविधि पनि उनको रहेको छ । फार्ममा सीसीटीभी क्यामरामार्फत अनलाइन मनिटरिङ गर्ने व्यवस्था समेत भएको उनको फार्ममा बार्षिक ५ करोड भन्दा बढीको कारोबार हुने गरेको छ । राज्यले कृषिमैत्री नीति बनाउन नसकेकोमा रोष व्यक्त गर्दै सरकारले कृषकमैत्री नीति बनाउने र लागू गरिदिने हो भने आफू एक्लैले ३ हजार गाई पालेर विश्वकै ठूलो गाई फार्म बनाउन अभियानमा लागिसकेका छन् । दूध उत्पादनबाट श्वेत क्रान्ति गर्ने विगुल फुकिरहेका शशी पौडेले श्वेत क्रान्ति अभियानको अभियन्त बन्न सकुन् ।

प्रकाशित मिति: शनिबार, चैत्र ६, २०७२