बिहिबार, चैत्र १५, २०८०

बाख्रा पालन सहयोग

नवलपरासी, ३ चैत । जिल्लाको ग्रामीण क्षेत्रका महिलालाई महिला तथा बालबालिका कार्यालयले बाख्राका लागि रकम वितरण अभियान चलाएको छ । गरिब र विपन्न समुदायका महिलालाई जीविकोपार्जनतर्फ उन्मुख गर्न यस्तो अभियान चलाइएको महिला तथा बालबालिका कार्यालयका प्रमुख उर्वरा लुईँटेलले जानकारी दिए । “बाख्रापालन आम्दानीको राम्रो स्रोत भएकोले आर्थिक सहयोग गरेका हौँ” उनले भने ।
अभियानअन्तर्गत जिल्लाको हरपुरस्थित जानकी महिला बचत तथा ऋण सहकारीका ३० जना महिलालाई प्रतिव्यक्ती तीन हजार ५०० सयका दरले बाख्रा खरिदका लागि रकम वितरण गरिएको छ । जिल्लाका ११ वटा गाविसमा सो रकम वितरण गरिने लुइँटेलले बताए ।

प्रकाशित मिति: बुधबार, चैत्र ३, २०७२