शनिबार, बैशाख ८, २०८१

पशु कृत्रिम बढ्दो

कञ्चनपुर, ३ चैत । कञ्चनपुरको झलारी क्षेत्रका किसानको पशु कृत्रिम गर्भाधानमा आकर्षण बढ्दै गएको छ । पशुसेवा केन्द्र झलारीका पशु विकास अधिकृत तारादत्त अवस्थीका अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कुल ५१५ पशुको कृत्रिम गर्भाधान गरिएको छ । सबै भन्दा बढी ३२३ वटा भैँसी र १९२ वटा गाईमा कृत्रिम गर्भाधान गरिएको छ ।
झलारी पशुसेवा केन्द्रले हाल प्राथमिक उपचार र कृत्रिम गर्भाधान सेवा प्रदान गर्दै आएको छ ।
परम्परागत रुपमा पालिएका गाईभैँसीमा तीन वर्षभन्दामाथि गर्भ रहने गरेको पाइन्छ भने उन्नत् जातका (कृत्रिम गर्भाधान)बाट जन्मिएका गाई, भैँसीमा १८ महिनामै गर्भधारण गर्नसक्ने क्षमताको विकास भइसक्ने अवस्थीले बताए ।
पशुमा कृत्रिम गर्भाधान गराउनाले दूधमा वृद्धि हुने, साँढे पाल्न समस्या नहुने, पाडापाडी तथा बाच्छाबाच्छी छिटो हुर्कने, ठूलो हुने जस्ता फाइदा हुन्छ ।

प्रकाशित मिति: बुधबार, चैत्र ३, २०७२