शुक्रबार, चैत्र १६, २०८०

हरेकबर्ष २८ मेट्रिकटन धूलो दूध भारतबाट आयात हुने गरेको खुलासा

काठमाडौ, चैत्र । हरेक बर्ष असोज महिनादेखि फागुन महिनासम्म किसानहरुले उत्पादन गरेको दूधलाई सहज बजारीकरण गर्न नसक्दा मिल्क होलिडे हुने गरेकाले किसानहरु दूध उत्पादन क्षेत्रबाट नै पलायन हुने खतरा बढेको सरोकारवालाहरुले बताएका छन् । पशुपंक्षी विकास मन्त्री, राज्य मन्त्री र सचिव समेतको उपस्थितिमा दूध उत्पादन गर्ने किसानहरु पलायन भईरहेको त्यसलाई रोक्न मन्त्रालयले तत्काल उपाय अवलम्वन नगरे केही बर्षभित्रै मुलुकमा दूध उत्पादनमा कमी आई दूधको अभाव हुन सक्ने बताए ।pouder mils

असोजदेखि फागुनसम्म मिल्क होलिडेको अवस्था आउने र फागुनदेखि असारसम्म दूध उत्पादन कमी हुने हुनाले किसानहरु विस्तारै पेशाबाट पलायन हुन लागिरहेको बताइएको छ । अहिले डेरी उद्योगहरुलाई दूध अभाव भएको भन्दै वाध्यभएर भारतबाट धूलो दूध ल्याउनु परेको उद्योगीहरुले बताएका छन् । दूध उद्यमी अरनिको राज भण्डारीले हरेक बर्ष २ करोड ५० लाखको धूलो दूध भारतबाट आयात गर्नु परेको बताए । अहिले निजी क्षेत्रका डेरीहरुलाई दूध अभाव भएको भन्दै दूध निजी क्षेत्रबाट उत्पादन हुने दूधमा कमी आएको समेत उनले बताए । किसानहरुले लागत नभएको गुनासोको बारेमा समेत बोल्दै राजभण्डारीले किसानहरुले पशुवस्तुलाई प्रयोग गरिरहेको आहार महंगो भएका कारण पनि दूध उत्पादन लागत किसानहरुलाई बढेको उल्लेख गरे । उनले कच्चा दूधको गुणस्तर नहुंदा समस्या परेको समेत बताए । नेपालमा दूधको उत्पादन कमी हुन थालेको र चैत्रबाट दूध अभाव हुंदो वाध्य भएर नै हरेक बर्ष दूध अभाव हुंदा निजी क्षेत्रले २८ मेट्रिक टन धूलो दूध भारतबाट आयात गर्नु परेको समेत उनले खुलासा गरे ।

प्रकाशित मिति: मङ्लबार, चैत्र २, २०७२