बिहिबार, चैत्र १५, २०८०

दूध अभाव भन्दै व्यवसायीले मागे अनुदान

काठमाडौं । पशुपंक्षी विकास मन्त्रालय विभाजन पश्चात दुग्ध उत्पादन क्षेत्रको विकास गरी मिल्क होलिडे हुन नदिने सो मन्त्रालयले आयोजना गरेको छलफल कार्यक्रममा अधिकांक डेरी उद्योग सञ्चालकहरुले सरकारसंग अनुदान माग गरेका छन् ।
पशुपंक्षी विकास मन्त्री शान्ता मानवीले किसानहरुले उत्पादन गरेको दूध मिल्क होलिडे भएका कारण किसानहरु मारमा पर्ने गरेको विगतलाई कोट्याउैदै अवका दिन मिल्क होलिडे हुन नदिने कसरी अगडि बढ्ने भन्दै सरोकारवाला संस्थाका अगुवाहरुसंग सुझाव माग गर्दा अधिकांश डेरी उद्योगीहरुले मिल्क होलिडे हुन नदिन सरकारले अनुदान बढाउनु पर्ने माग गरेका छन् । ल
३ बर्षमा दूधमा आत्मनिर्भर बनाउनका लागि मन्त्रालयले विभिन्न खाले कार्यक्रम सहित चालिस बुंदे प्रतिवद्धता ल्याएको बताउंदै त्यसका लागि सवै क्षेत्रबाट सहयोग हुनु पर्ने समेत मन्त्री मानवीले बताएकी छिन् ।
तर मिल्क होलिडे हुन नदिने उपायका रुपमा राज्यले दूधको खपत बढाउने कामलाई प्राथमिकता दिनु पर्ने, दुग्धजन्य पदार्थको विविधिकरणलाई जोड दिन सके मिल्क होलिडेको न्यूनिकरण हुन सक्ने बताइएको छ ।

प्रकाशित मिति: मङ्लबार, चैत्र २, २०७२