मङ्लबार, बैशाख ११, २०८१

विभाजित पशुपंक्षी विकास मन्त्रालयलाई एकीकृत गर्न नहुने

काठमाडौं,  फागुन । केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारमा मन्त्रीमा बागबण्डा नपुगेपछि कृषि विकास मन्त्रालय विभाजन गरेको भएपनि अहिले नेपाली कांग्रेसको महाधिबेशन पश्चात सरकार परिवर्तन हुने हल्ला चल्ना साथ विभाजित पशुपंक्षी विकास मन्त्रालयलाई कृषि विकास मन्त्रालयमा नै मर्जर गर्ने लविङ्ग शुरु भईसकेको देखिन्छ ।
पशुपंक्षी विकास मन्त्रालयको मर्जर हल्लासंगै कृषि विभागका महानिर्देशक डा केशवप्रसाद प्रेमीले भने कुनै पनि हालतमा पशुपंक्षी विकास मन्त्रालयलाई फेरि मर्जर गरेर कृषिमा लैजान नहुने धारणा व्यक्त गरेका छन् । काठमाडौंमा आयोजित नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघको राष्ट्रिय महाधिवेशनलाई सम्वोधन गर्दै महानिर्देशक प्रेमीले सो कुरा बताएका हुन् । premi
हरेक बर्ष ३० अर्वको मासु तथा मासुजन्य उत्पादनको कारोबारमा भईरहेको पशुपंक्षी विकास मन्त्रालयले मन्त्रालय विभाजन पश्चात पनि धेरै नै उत्कृष्ट कार्य गरिरहेको समेत बताए । कृषि विकास मन्त्रालय र पशुपंक्षी विकास मन्त्रालयलाई फेरि एकीकृत गर्नु भन्दा पनि यी दुवै मन्त्रालयको केन्द्रदेखि गाउंस्तरसम्म आ आफ्नौ पहिचान र अस्तित्व विगतदेखि नै भईरहेकाले फेरि जोड्नुको कुनै अर्थ नरहेको बताए ।
उनले पशुपंक्षी विकास मन्त्रालयको आवश्यकता आज मात्र नभई विगत तीन दशक अगाडिदेखि महशुस भएको र त्यसबेला देखि नै बेग्लै पशु विकास मन्त्रालय निर्माणका प्रतिवद्ध भएर सरोकारवाला व्यक्तिहरु लागिरहेको समेत बताए । वर्तमान अवस्थामा पशु पंक्षी विकास मन्त्रालय मुलुकका लागि अत्यन्तै आवश्यक भएको र यो मन्त्रालय राख्दा राज्यलाई कुनै पनि आर्थिक तथा भौतिक भार नपर्ने भएकाले यसको पहिचानका लागि हरेक तह र तप्काबाट पशुपंक्षी क्षेत्रको विकास लागि लाग्नु पर्ने बताए ।

प्रकाशित मिति: आइतवार, फाल्गुन ३०, २०७२