बुधबार, बैशाख ५, २०८१

सोल्टीमा भोकमरी शुन्य भनिरहंदा, गोरखाबाट फर्कियो FAO को बीउ

काठमाडौं, फागुन । संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) का महानिर्देशक जोसे ग्राजियानो डा शिल्भाले खाद्य सम्प्रभुता जनताको अधिकार भएको बताईरहँदा त्यही संस्थाको नेपाल स्थिति कार्यालयले भने भूकम्प पीडित किसानहरुलाई राहतका नाममा पठाएको मकैको बीउ ‘लगनपछिको पोते’ जस्तै भएको छ । काठमाडौंका पाँचतारे होटल सोल्टी होटलमा भोकमरीलाई सन् २०२५ सम्ममा शुन्यमा झार्ने रणनीति कार्यान्वयनका लागि कार्यक्रम गरिरहंदा त्यही संस्थाले सहयोगका नाममा बीउ ढिला गरी पठाउंदा कृषि विज्ञहरु चकित परेका छन् । पाँचतारे होटलमा भोकमरी शुन्यमा झार्ने कार्यक्रम सञ्चालन गर्ने तर उत्पादन बृद्धि गर्नका लागि आवश्यक वीउ भने संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ)कै गुणस्तरहीन हुनुको अर्थ के होला ?zero hunger-1

 

अहिले उहिया गाउँका सबै किसानले मकै रोपिसकेपछि दातृ निकाय संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले पठाएको उन्नत् जातको मकैको बीउ गाउँमा पु¥याइएको हो । भूकम्प प्रभावित गोरखाका किसानलाई वितरण गर्न एफएओले ४५ टन मकैको बीउ ल्याएको हो । उहियाका प्रत्येक घरधुरीलाई वितरण गर्न ९०० किलो बीउ पठाइएको भए पनि किसानले यसअघि नै मकै रोपिसकेका छन् । उहियाका पाँचसय घरधुरीमा बसोवास गर्दै आएका किसानले मकैखेती गर्दै आएका छन् ।
जिल्ला कृषि विकास कार्यालयका प्रमुख तीर्थकुमार श्रेष्ठले किसानलाई वितरण गर्न पठाएको मकैको बीउ ढिला पुगेको खबर पाएको र सो बीउ फिर्ता ल्याउन निर्देशन दिएको समेत बताएका छन् । जिल्लामा रामपुर कम्पोजिट जातको ३० टन, मनकामना–३ छ टन, देउती चार टन र अरुण–२ पाँच टन बीउ ल्याइएको हो । ढिला गरी गाउँ आएको मकै के गर्ने भन्दै किसान अलमलमा परेका छन् । कीटनाशक औषधि प्रयोग गरिएकाले उक्त बीउ खान नहुने किसानको भनाइ छ । केराँैंजा र सिर्दिबास गाविसमा पनि बीउ वितरण गर्ने योजना भए पनि किसानले यसअघि नै मकै रोपिसकेका छन् । जिल्लाको दुई हजार मिटर उँचाइभन्दा माथिका क्षेत्रमा फागुनको दोस्रो सातासम्म मकै रोपिसक्ने चलन छ । यसअघि गहुँको बीउ पनि समयमा वितरण गर्न नसक्दा फिर्ता पठाइएको थियो । संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) जस्तो अन्तर्राष्ट्रिय संस्थाले शहरमा बसेर एउटा कुरा गर्ने र काम अर्को गर्ने गरेकाले यसको विश्वसनीयता माथि प्रश्न उठेको छ । यस अघि पनि धानको बीउ वितरण गर्नृ समयमा उम्रिएको धानको बीउ वितरण गरिएपनि संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) विवादमा तानिएको थियो ।

प्रकाशित मिति: आइतवार, फाल्गुन ३०, २०७२