बिहिबार, चैत्र १५, २०८०

मन्त्री,सचिव सवै दातृनिकायको ड्रेसमा

काभ्रे । दातृसंस्थाको अनुदानमा चलेको छ भन्दैमा सवै कुरा उनीहरुको प्रयोग गर्ने र आफ्नो अस्तित्व नै नामेट गर्नु कदापी हुंदैन । तर मुलुक हांक्ने मन्त्री, प्रशासन हांक्ने सचिवसम्मले विदेशी दातृनिकायहरुले जसो जसो भन्यो त्यस्सै त्यसै गरिदियो भने के होला ? अनि हाम्रो अस्तित्व र हैसियत कहां पुग्ला यो पनि चिन्ताको विषय रहेको छ । कुरा हो कृषि विकास मन्त्री हरिबोल प्रसास गजुरेल, कृषि सचिव उत्तमकुमार भट्टराई, सहसचिव डा. सुरोज पोख्रेल लगायतको हो ।

s[lif dGqL v]tdf sfe]|knf~rf]ssf] s'zfb]jLsf s[ifs;Fu v]taf/Ld} k'u]/ zlgaf/ s[lif ljsf; dGqL xl/af]n uh'/]n, /fi6«;ª3Lo vfB tyf s[lif ;ªu7g -PkmPcf]_ sf lgb]{zs hf];] u|flhofgf]8f l;Nef;lxtsf] 6f]nLn] ljljw hfgsf/L lnFb} . tl:a/ M o'j/fh kf08], jg]kf, /f;;

शनिवार काभ्रेपलाञ्चोकको कुशादेवीको सयपत्री सामुदायिक आएपिएम स्रोत केन्द्र पुगेका कृषि मन्त्रीदेखि सहसचिवसम्मले विदेशी दातृ निकायले उपलब्ध गराएको पोशाकमा सजिएर पुगेका थिए । उनीहरु सो पोशाकमा बस्नुको कारण भने नेपाली पोशाक नभएर पनि होइन । केवल मन्त्रालयको अन्न दाताको रुपमा लामो समयदेखि नेपालमा काम गर्दै आईरहेको राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) का महानिर्देशकको भ्रमण भएकाले उच्च अधिकारीहरुले सो पोशाक अर्थात डे«स धारण गरेका हुन् रे ?राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) का महानिर्देशक जोसे ग्राजियानोडा सिल्भाले सो दातृ निकायको आर्थिक तथा प्राविधिक सहयोगमा स्थापना गरिएको श्रोत केन्द्रको अवलोकन गर्न नेपाली सेनाको हेलिकप्टर प्रयोग गरी पुगेका थिएर उनैको स्वागतका लागि एफएओको लोगो धारी पोशाक मन्त्री देखि मन्त्रालयका उच्च अधिकारीहरुसम्मले लगाएका देखिन्थे ।
कृषि मन्त्रीदेखि सचिव उप सचिव एवं उच्च अधिकारीहरुले एफएओको टोपी ज्याकेट लगाउनु भन्दा नेपाली ढाका टोपी लगाएर सो कार्यक्रममा गएको भए के विग्रन्थ्यो होला र ? अनि उनै जोसे ग्राजियानोडालाई पनि खादासंगै ढाका टोपी लगाएर स्वागत गरिदिएको भए के विग्रन्यो होला ?
ग्राजियानोडा सिल्भाले सो संस्थाको उदेश्य देशलाई कृषिमा प्राविधिक सहयोग पु¥याउने भएको जानकारी समेत दिएका थिएर साथै उनले अन्तर्राष्ट्रिय आलु केन्द्रमा उत्पादन भएको आलु नेपालमा पनि प्रचलनमा रहेको पनि बताए । ग्राजिनायोडाले नेपालका प्रधानमन्त्री तथा राष्ट्रपतिसंग समेत भेट गर्ने कार्यक्रम रहेको बताइएको छ ।
कुशादेवीमा स्थापना गरिएको सो श्रा्ेत केन्द्रमा प्रांगारिक विषादी उत्पादन गरी बालीमा खासगरी एककिृत शत्रुजीव व्यवस्थापन (आइपिएम) प्रविधि मार्फत खेती गर्न र रासायनिक विषादी प्रयोग न्यूनिकरण गर्ने अभियानमा लागिरहेको बताइएको छ ।

प्रकाशित मिति: शनिबार, फाल्गुन २९, २०७२