बुधबार, बैशाख १२, २०८१

बीउबाट साढे दुई अर्ब आम्दानी

चितवन, २७ फागुन । जिल्लामा गत वर्ष बीउबाट रु दुई अर्ब ५९ करोड १० लाख आम्दानी भएको छ । गत वर्ष विभिन्न खाद्यान्न बालीको पाँच हजार ५१ मेट्रिक टन धान, मकै, गहुँ, तोरी, मुसुरो, राज्मा, बोडी, भटमासको बीउ उत्पादन भएको थियो ।
जिल्ला कृषि विकास कार्यालयका प्र्रमुख सोमनाथ घिमिरेले बीउ उत्पादनका लागि किसानलाई प्रोत्साहनका कार्यक्रम गरिएकाले उत्पादन बढ्दै गएको बताए । गत आवमा जिल्लामा तीन हजार २८४ हेक्टरमा बीउ उत्पादनका लागि खेती गरिएको थियो ।
एक हजार ५०० हेक्टरमा दुई हजार ५०० मेट्रिक टन धानको बीउ उत्पादन भई रु एक अर्ब, १२ करोड, ५० लाख आम्दानी भएको थियो । यस्तै एक हजार ७३० मेट्रिक टन बीउ उत्पादन हुँदा रु ८६ करोड ५० लाख आम्दानी भएको घिमिरेले जानकारी दिए ।

प्रकाशित मिति: बिहिबार, फाल्गुन २७, २०७२