मङ्लबार, बैशाख ४, २०८१

जुम्लालाई राष्ट्रिय स्तरको स्याउको पकेट क्षेत्र बनाइने

जुम्ला । कृषि विकास मन्त्री हरिवोल गजुरेलले जिल्लामा भित्रिएको स्याउ ग्रेडिङ मेसिनको एक उद्घाटन गरेका छन् । कृषि मन्त्रालय र जिल्ला कृषि विकास कार्यालयको रु ६८ लाखको लागतमा उक्त मेसिन जिल्ला भित्रिएको हो । छ वर्ष अगाडि भित्रिएको सो मेसिन बत्ती अभावका कारण थन्किएर रहेको थियो । apple
ग्रेडिङ मेसिन उद्घाटन गर्दै मन्त्री गजुरेलले जुम्लालाई राष्ट्रियस्तरको स्याउको पकेटक्षेत्रको रुपमा विस्तार गर्न सकिने बताए । उनले आव २०७३/७४ लाई बिरुवा उत्पादन वर्ष तथा आव २०७४÷७५ लाई बिरुवा रोप्ने वर्षका रुपमा मनाउने सरकारले नीति ल्याएको समेत बताए । जिल्लाको तीन हजार १८२ हेक्टर स्याउ खेतीयोग्य जमिन मध्ये करिब ८०० हेक्टरमा मात्रै स्याउ फेलेको वरिष्ठ कृषि विकास अधिकृत विष्णुबहादुर महतले जानकारी दिए ।

प्रकाशित मिति: मङ्लबार, फाल्गुन २५, २०७२