काठमाडौं । कृषि विकास मन्त्रालय मातहतमा रहेको नेपाल कृषि अनुसन्धान परिषद्का बैज्ञानिकहरुको बढुवामा विवाद चुलिंदै अदालत सम्म पुग्यो । सो बढुवामा आर्थिक लेनदेन भएको आशंका भन्दै कृषि मन्त्री हरिबोल प्रसाद गजुरेलले नार्कका कार्यकारी निर्देशक डा. यमराज पाण्डेलाई बढुवाको कार्यकारी समितिको वैठक नवस्न र नियुक्ति पत्र नदिन निर्देशन दिए । तर कृषि मन्त्री गजुरेलले दिएको मौखिक निर्देशनलाई कार्यकारी निर्देशकले स्वीकार गरेनन् । बरु परिषद्को कार्यकारी दिर्नेशकले कार्यकारी समितिको २४८ औं वैठक बसाले र नियुक्ति दिने निर्णय गरेपनि नियुक्ति पत्र भने दिएनन् ।
नेपाल सरकारका जागिरे कृषि वैज्ञानिकहरु पनि के कम आफूहरुले लोकसेवा आयोगको नियम बमोजिम परिक्षा उर्तीण गर्दा पनि बढुवाको नियुक्ति नदिएपछि नार्कका कार्यकारी निर्देशक र कृषि मन्त्री विरुद्ध बढुवा भएका कृषि बैज्ञानिक अदालतको ढोका ढकढक्याउन पुगे । अन्तत ः २०७२ फागुन १९ गते पुनरावेदन अदालत पाटनका माननीय न्यायाधिशद्धय मोहन बहादुर कार्की र सारङ्ग सुवेदीको संयुक्त इजलासले कृषि वैज्ञानिकहरुको नियुक्ति रोक्न पर्नाको कुनै कारण नभएको भन्दै बैज्ञानिकहरुको पक्षमा फैसाल गरेपछि कृषि मन्त्री गजुरेलले हार व्यहोर्नु परेको छ ।
नेपाल कृषि अनुसन्धान परिषद्ले यो बर्ष अधिक संख्यामा कर्मचारी नियुक्ति गरेको विषयमा निकै विवाद र चर्चा समेत भएको थियो । सोही विवाद र चर्चाका कारण अहिलेका कृषि मन्त्री गजुरेलले सो बढुवा रोक्ने प्रयास गरेका थिए तर उनी असफल भएका छन् । कृषि वैज्ञानिकहरु बढुवा लिन त सफल भए तर कृषि अनुसन्धानका विषयमा अव कत्तिको फड्को मार्ने छ हेर्न वाँकी नै छ ।
कृषि मन्त्रीले रोकेको नियुक्ति बदर, कृषि वैज्ञानिकको बढुवा सदर

Add Comment