शुक्रबार, बैशाख ७, २०८१

‘किसान कल सेण्टर’ निरन्तरता होला कि नहोला ?

काठमाडौँ, फागुन । २०७२ फागुन १६ गते आईतबार जिल्ला कृषि विकास कार्यालय पर्वतले गरेको आग्रह गरे बमोजिम पर्वतका किसान राजेश आरसीले कृषि विकास मन्त्रालयले आजैबाट शुरु गरेको किसान कल सेण्टरको फोन नं १६६००१९५००० गरे । उनले गरेको फोन पहिलो फोन थियो जुन फोनमा कृषि मन्त्री हरिबोलप्रसाद गजुरेलले आरसीले सोधेको नीतिगत प्रश्नको उत्तर दिंदै कल सेण्टरको उद्घाटन गरेका थिए । kisan kall
किसानहरुले कृषि र पशुपक्षीमा आईपरेका समस्या समाधान खोज्नका लागि पैसा नलाग्ने टोल फ्रि नम्वरमा फोन गरेर आफ्ना समस्या समाधान गर्नका लागि शुरु गरिएको किसान कल सेण्टरमा पहिलो दिन चार घण्टाको अन्तरालमा पर्वतका किसान राजेश आरसी, सविता पौडेल, काभ्रेका उद्धव हुमागाई, हेटौडाका एस के शर्मा, बर्दियाका सीताराम चौधरी, धनकुटाका चन्द्रबहादुर थापा र मोरङका सुरेन्द्र कुमार मण्डलले विभिन्न प्रश्नहरु राखेका थिए ।
२०६७ सालबाट नै किसानहरुको गुनासा सुन्नका लागि राखिएको टोल फ्रि नम्वर नैअहिले किसान कल सेण्टरका रुपमा राखिएको छ । किसानहरुका समस्या समाधान गर्नका लागि शुरु गरिएको किसान कल सेण्टर परम्परागत रुपमा कृषि गरिरहेका किसानदेखि व्यवसायिक रुपमा कृषिमा संलग्न किसानहरुका लागि अत्यन्तै उपयोगी देखिन्छ । तर कृषि सूचना तथा सञ्चार केन्द्रको भवनमा रहेको सो किसान कल सेण्टरको दिगोपना हुन्छ कि हुंदैन भन्ने विषयमा भने बहश शुरु भईसकेको छ ।
हरेक आईतबार, मंगलबार र विहीबार ११ बजेदेखि ४ बजेसम्म सञ्चालन हुने भनिएको किसान कल सेण्टरमा कृषि सेवामा कार्यरत वरिष्ठ कृषि अधिकृत एक, प्राविधिक सहायक खटाउने बताइएको छ । यद्यपी यसलाई निरन्तर सञ्चालन गर्नका लागि कुनै योजना भने बनाइएको देखिंदैन । कुनै किसानले किसान कल सेण्टरमा फोन गर्दा तत्काल समस्या समाधान गर्न नसकिए किसानको प्रश्नलाई रकेर्ड गरी पुन फोन गरेर समस्या समाधान गरिने भनिएको भएपनि सो कार्य गर्न खटिएका कर्मचारीहरुबाट कत्तिको सहजता होला ?
दीर्घकालिन योजना विना नै शुरु गरिएको किसान कल सेण्टरमा काम गर्ने कर्मचारी हाललाई काजमा खटाएको छ । सो कल सेण्टरमा कुन कुन विषयका विज्ञहरुलाई कसरी प्रयोग गरिने भन्ने तयारी समेत गरिएको देखिंदैन । यसले गर्दा किसानहरुलाई कल सेण्टरको सदुपयोग गर्न सक्लान् ? किसान कल सेण्टर सञ्चालनमा आएको छ यो कल सेण्टर विगतमा शुरु गरिएको टोल फ्रि नम्वर जस्तै बन्द हुने अवस्था नआओस्, यसले निरन्तरता पाओस् भन्ने कुरामा किसानहरु निश्चिन्त देखिएका छन् ।

प्रकाशित मिति: सोमवार, फाल्गुन १७, २०७२