शनिबार, बैशाख ८, २०८१

मापदण्ड विपरित पशुपंक्षीका औषधी विक्री वितरण

काठमाडौं, फागुन । पशुपंक्षीहरुका लागि प्रयोग हुने पशु औषधीहरुको जथाभावी विक्री वितरण भएपछि अहिले पशुपालक किसानहरु अप्ठेरोमा पर्ने गरेका छन् । विदेशबाट आयात हुने पशुपंक्षीका औषधी दर्ता भएका र सवैले बुझ्न सक्ने अक्षरमा लेखिएका औषधी मात्र विक्री वितरण गर्न पाई मापदण्डलाई मिच्दै अहिले पशुपंक्षीको औषधी आयात गर्नेहरुले मन लाग्दो किसिमले किसानहरुलाई विक्री गर्ने गरेको पाइएको छ । ३५ दिने साधारण तालिम पश्चात भेट सञ्चालन गर्न पाईने व्यवहारिक प्रावधान कै कारण अहिले यो गम्भीर अवस्था आईरहेको छ ।au
अहिले बजारमा विक्रीका लागि राखिएका पशुजन्य औषधी यस्तापनि फेला पर्न थालेका छन् । जुन पशुऔषधीहरु जुन देशमा उत्पादन भएको हो सोही देशकै भाषामा औषधी प्रयोग विधि लगायतका कुराहरु लेखिएको छ । काठमार्डौं त्रिपुरेश्वरमा रहेको विशाल भेटमा भेटिएको भ्चबशष्लभ खभत औषधी बंगलादेशमा उत्पादन भएको र बंगाली भाषामा नै आवश्यक जानकारी लेखिएको देखिन्छ । यस्ता भाषामा लेखिएका औषधीको बारेमा नेपाली किसानलाई भेट सञ्चालकहरुले कसरी बुझाउनलान् आफ्नो ठाउंमा छ तर बंगलादेशमा उत्पादन भएको भ्चबशष्लभ खभत औषधीमा बंगाली भाषामा नै लेखिएको छ । जुन सरकार र औषधी व्यवस्था विभाागलाई समेत चुनौती दिएर विक्री वितरण गरिएको छ । यस्ता भाषामा लेखिएका औषधीहरु विक्री वितरणका सम्वन्धमा औषधी व्यवसायी संघका उपाध्यक्ष चित्र गुरुङ्ग भन्छन् । बंगलाी भाषामा लेखियो त म के गरौं । सरकारले नेपाली वा अंग्रेजी भाषामा लेखिएको हुनु पर्ने भनिएको छ भन्दै उनी आफू पन्छिन खोजे ।
पशु औषधी विक्री वितरणमा सम्वन्धित सरोकारवाला निकायहरुले अनुगमन नगर्दा बजारमा गैर कानूनी रुपमा भित्रिएका, नेपाल सरकारलको मापदण्ड मिचिएका छन् । सेवा मूलक व्यापारमा नाममा गैर कानूनी काम हुंदा पनि सरकार किन मौन छ । पशु सेवा विभाग किन रमिते बनिरहेको छ ? भविष्यमा त्यस्ता औषधीबाट हुन सक्ने खतराको जिम्मेवारी पशु सेवा विभागले लिनु पर्ने भएकाले त्यसतर्फ ध्यान दिने कि ?

प्रकाशित मिति: आइतवार, फाल्गुन १६, २०७२