बिहिबार, बैशाख १३, २०८१

मन्त्री र राज्य मन्त्री वीचको सम्वन्ध चिसिंदै

काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार निर्माण गर्न सहयोग पु¥याउने राजनीतिक दलहरुका सवैलाई मन्त्री बन्ने अवसरबाट बञ्चिन नगराउने उदेश्य अनुरुपमा फुट्नु पर्ने पनि फुट्न नपर्ने मन्त्रालयहरु फुटाएर मन्त्री, राज्य मन्त्री मात्र होइन सहायक मन्त्रीसम्म नियुक्ति गर्न सफल भए । सत्ताका जोगाउनका लागि नेतृत्वदायी भूमिकामा बसेकाले जे पनि गर्न सक्छन् भन्ने यो एउटा अर्को उदाहारण हो । यस अघि पनि शेरबहादुर देउवाको नेतृत्वमा यस्जै जम्बो मन्त्री मण्डल गठन भएको थियो । मन्त्री भए तर काम भएन भने पनि कतिपय अवस्थामा मन्त्री बन्ने स्वयंलाई पनि असहज परिस्थिति निम्त्याउने रहेछ भन्ने कुराको पुष्टि यतिखेर एउटै राजनीतिक दलको आर्शिवादमा मन्त्री बनेका दुई महिला मन्त्रीहरुवीचको सम्वन्धमा चिसोपन आएको पशुपंक्षी मन्त्रालय मात्र होइन एमाले निकट किसान महासंघमा नै चर्चा चल्न थालेको छ । मुलुकमा पटक पटक मन्त्रालय विभाजन हुने र त्यसलाई फेरि एकीकरण गर्ने परम्परा नौलो होइन । यद्यपी भागबण्डाको राजनीतिमामा परेर कृषि विकास मन्त्रालयबाट विभाजन भई पशुपंक्षी विकास मन्त्रालय भएको भएपनि एउटै पार्टीबाट आएका दुई मन्त्रीको सम्वन्धमा चिसोपना बढ्न थालेपनि सो मन्त्रालयले जुन किसिमले अगाडि बढ्नु पर्ने थियो, सो अनुरुप बढ्ने संकेत देखिएको छैन ।

krishi 28
krishi 28

पशुपंक्षी विकास मन्त्रालय मन्त्री शान्ता मानवी धेरै नै नरम देखिए पनि राज्य मन्त्री नरदेवी पुनको स्वभाव कलि कडा भएको बताएको छ । जीवनमा धेरै संघर्ष गरी आएकी शान्ता मानवी एकातिर भने उनको तुलना त्यत्ति ठूलो संघर्ष गर्न नपरेकी राज्यमन्त्री नरदेवी पुनको सिद्धान्त एउटै भएपनि स्वभाव नमिल्दा अहिले पशुपंक्षी मन्त्रालयले काम गर्न सकिरहेको छैन । ४० बुंदे प्रतिवद्धता ल्याएको पशुपंक्षी विकास मन्त्रालय मातहतमा काम गर्ने उच्च अधिकारीहरु जुन गतिमा दौडिरहेका छन् सो अनुरुप नीतिगत रुपमा काम हुन सकिरहेको छैन । त्यसका लागि निर्णायक तहमा देखिएको चिसोपनाले पशुपंक्षी मन्त्रालयलाई क्रियाशील गराउन सकेको देखिंदैन ।
हिजो कृषि विकास मन्त्रालय विभाजन भई हुंदा जुन उत्सास थियो अहिले त्यो उत्साह र जांगर मर्न थालेको छ । मन्त्रालयका एक उच्च अधिकारी बताउंछन् । ‘नेपालको कृषि क्षेत्रमा छोटो अवधिमा नै आत्मनिर्भरतिर जान सक्ने पशु सेवालाई अहिले नै दीर्घकालिन सोच अगाडि नसार्ने हो भने यो मन्त्रालय विभाजन हुनुको कुनै अर्थ छैन’ उनले बताए । तत्काल हुनु पर्ने कतिपय निर्णय हुन नसक्नु दुई मन्त्रीवीचको सम्वन्ध चिसिंदै गएको अनुभूति गर्न थालिएको छ । पशुपंक्षी विकास मन्त्रालयमा मन्त्री र राज्य मन्त्रीको सचिवालयमा नै शक्ति बांडफांडमा विवाद देखिएको उच्च स्रोतले बताएको छ । सचिव स्तरबाट हुने कुरालाई पनि राज्यमन्त्री वा मन्त्रीसम्म पु¥याउने प्रबृत्ति केवल शक्ति देखाउने खेलका रुपमा हेर्न थालिएको छ ।
हुन पनि अहिले पशुपंक्षी विकास मन्त्रालयले गर्ने खर्च कृषि विकास मन्त्रालयले विगतमा पशु सेवा विभागका लागि विनियोजित बजेट बाहेक अरु चलाउन सक्ने अवस्था पनि छैन । सिमित बजेटबाट असिमित कार्य गर्न खोजिए पनि त्यसले सार्थक रुप लिन सक्दैन । हिजो एउटै कृषि विकास मन्त्रीले सञ्चालन गरेको मन्त्रालय विभाजन पश्चात तीन मन्त्री देखिएपनि के उल्लेख्य काम भयो भन्ने प्रश्न उब्जिन थालेको छ । करीव तीन दशक अगाडि देखि विभाजन गर्न खोजिएको पशुपंक्षी मन्त्रालय अहिले केवल भागबण्डाका निमित्तमात्र छुट्टिएको भएपनि पशुपंक्षी विकास मन्त्रालयले काम गरेर देखाउने यो अवस्थालाई चुकाईरहेको छ ।
पछिल्लो समयमा मन्त्री वीचको चिसोपना बढाउने काममा मुख्य भूमिका मन्त्रीहरुको सचिवालय नै रहेको स्रोतले दावी गरेको छ । दुई मन्त्रीको चिसिन लागेको सम्वन्धलाई सचिवालय तथा मन्त्रालयका सचिवले समेत मुख्य भूमिका खेल्नु पर्ने अवस्थामा पशुपंक्षी मन्त्रालयका सचिव डा.कृष्णचन्द्र पौडेलले पनि खासै भूमिका खेल्न नसकेको आरोप लाग्न थालेको छ । अझ भन्नु पर्दा सचिव पौडेल आफ्ना निर्णयहरु नै लाद्न खोज्ने प्रबृत्तिका भएका कारण पशुपंक्षी मन्त्रालयका काम अझै अन्योलमा रहेका छन् । अधिकृतस्तरबाट हुने साधारण काम भएपनि उपसचिव वा सहसचिवलाई नै आफू अगाडि राखेर गराउने प्रबृत्ति सचिव पौडेलको देखिएको छ । जसले पशुपंक्षी विकास मन्त्रालयमा जुन जोशका साथ पशुसेवामा कार्यरत कर्मचारीहरु काम गरिरहेका थिए । त्यो जोश हराउन थालेको छ । मन्त्रालयमा मन्त्री, राज्यमन्त्रीको जिम्मेवार काम कर्तव्य र अधिकार बेग्ला बेग्लै भएको भएपनि अहिले त्यही अधिकारको सन्तुलन मिलाउन नसकेका कारण सम्वन्ध विग्रिएको बताएको छ । यसको प्रमुख दोष पशुपंक्षी विकास मन्त्री र राज्यमन्त्रीको सचिवालयलाई नै दिएको छ । मन्त्री र राज्यमन्त्री वीचको सम्वन्धलाई प्रगाढ बनाउनु पर्ने ठाउंमा सचिवालय नै शक्तिशाली बन्न खोजेपछि मन्त्रीहरुको हैसियतमाथि नै प्रश्न उब्जन थालेको छ । सचिवालय भनेको मन्त्रीहरुको कामलाई सहजीकरण गर्ने हुनु पर्नेमा पछिल्ला समयमा सचिवालयले नै आफूलाई शक्तिशाली बनाउन खोजेको बताइएको छ । यसै कारणले गर्दा पनि मन्त्री र राज्य मन्त्रीवीचको सम्वन्धमा तुषारापात हुन खोजेको देखिन्छ । सहि किसिममले काम गर्ने हो भने पशुपंक्षी मन्त्रालयको भविष्य उज्वल र यथावत रहने सक्ने भएपनि मन्त्री र राज्यमन्त्रीको सम्वन्धका कारण यो मन्त्रालय न भूतो न भविष्यती होला कि भन्ने शंका उब्जन थालेको छ ।

प्रकाशित मिति: आइतवार, फाल्गुन १६, २०७२