काठमाडौं । लामोसमय पश्चात नेपाली किसानहरुका लागि सरकारी तवरबाट किसानहरुको समस्या सुन्ने र समाधान गर्नका लागि सजिलो माध्यमका रुपमा किसान कल सेण्टर शुरु हुने भएको छ । कृषि मन्त्री हरिबोल प्रसाद गजुरेलले भोली आईबार दिउंसो १ बजे कृषि सूचना तथा सञ्चार केन्द्रको भवनमा रहेको किसान कल सेण्टरको कार्यकक्षबा औपचारिक रुपमा उद्घाटन गर्ने भएका छन् ।
किसानहरुले आफ्ना बस्तु तथा बालीमा देखा परेका समस्या तत्काल समाधान गर्नका लागि फोन गर्दा पैसा नलाग्ने टोल फ्रि नंम्वर १६६००१९५००० मा फोन गरेर आफ्ना समस्याको तत्कालै उपचार पाउने भएका छन् । किसानहरुले फोन मार्फत राखेका आफ्ना समस्या तत्काल कल सेण्टरले समाधान गर्न नसके किसानहरुको सम्पर्क नम्वर रेकर्ड गरी समस्या समाधान गर्न पुन कल सेण्टरले नै फोन गरेर समस्या समाधान गर्ने बताइएको छ ।
२०७२ फागुन १६ गते देखि शुरु गर्न लागिएको कल सेण्टर हाललाई हरेक आईतबार, मंगलबार र शुक्रबार विहान ११ बजेदेखि दिउंसो ४ बजेसम्म नियमित सञ्चालन हुने बताइएको छ । सो कल सेण्टरबाट किसानहरुले अधिक फाइदा लिन सक्ने समेत बताइएको छ ।
आइतबारबाट मन्त्रालयले किसान कल सेण्टर शुरु गर्ने

Add Comment