बिहिबार, बैशाख १३, २०८१

दूध उत्पादनमा आत्मनिर्भर

वीरगन्ज, १४ फागुन । दूध उत्पादनमा बारा आत्मनिर्भर बनेको छ । व्यावसायिक पशुपालक किसानको सङ्ख्या बढ्दै जाँदा दूध उत्पादनमा जिल्ला आत्मनिर्भर बनेको हो । जिल्लामा दैनिक ३० हजार लिटर दूध उत्पादन हुने गरेको छ । वार्षिक दुई प्रतिशतका दरले दूध उत्पादन बढेको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ । उत्पादित दूधमध्ये दैनिक २० हजार लिटर दूध जिल्ला बाहिर जाने गरेको छ ।
जिल्लामा करिब ४८ हजार दूधालु गाईभँैंसी छन् । त्यसमध्ये ३० देखि ४० प्रतिशत उन्नतजातका गाईभैंसी रहेका छन् । पशुपालन व्यवसायवाट राम्रो आम्दानी हुन थालेपछि जिल्लामा दुई वर्षयता १५ हजारभन्दा बढी गाईभैंसीको सङ्ख्यामा वृद्धि भएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, फाल्गुन १४, २०७२