बिहिबार, बैशाख ६, २०८१

म्याग्दीमा पशु बीमा सुरु

म्याग्दी, १२ फागुन । जिल्लामा पहिलोपटक पशुको बीमा गर्न थालिएको छ । पशु मरेपछि आर्थिक रूपमा हुने क्षति कम गरी व्यवसायलाई निरन्तरता दिन सकिने भएकाले कृषकले पशुको बीमा गर्न थालेका हुन् । गाई, भँैसी, बाख्रा र खच्चरको बीमा गराउन कृषकको आकर्षण बढेको छ ।
पहिलोपटक नारच्याङका कृषकले खच्चरको रु ११ लाख बराबरको बीमा गराएको र घतान, पुलाचौ, ज्यामरुककोट, अर्मनलगायत ठाउँका कृषकले पनि पशु बीमा गर्ने तयारी गरेका छन् ।

प्रकाशित मिति: बुधबार, फाल्गुन १२, २०७२