शनिबार, बैशाख ८, २०८१

मकैको बीउ वितरण गरिँदै

पाँचथर, ११ फागुन । जिल्लालाई खाद्यान्नमा आत्मनिर्भर बनाउने उद्देश्यले जिल्ला कृषि विकास कार्यालयले किसानललाई उन्नत् जातको मकैको बीउ वितरण गर्न थालेको छ ।
बृहत्तर मकै उत्पादन कार्यक्रम र कृषिप्रसार कार्यक्रमअन्तर्गत मकैैको बीउ वितरण गरिएको हो । जिल्ला कृषि विकास कार्यालयका नायब प्राविधिक सहायक नरहरी निरौलाका अनुसार फिदिम नगरपालिका, याङनाम, भारपा, यासोक, रानीगाउँ, स्याबरुम्बा क्लस्टरका तीन हजार ५०० किसानलाई मनकामना ३, अरुण २ र रामपुर कम्पोजिट जातको १५ मेट्रिक टन बीउ वितरण गरिँदैछ ।

प्रकाशित मिति: मङ्लबार, फाल्गुन ११, २०७२