बिहिबार, बैशाख १३, २०८१

कुकुर नियन्त्रण गर्न महानगरपालिकाको योजना

काठमाडौँ, ११ फागुन । काठमाडौँ महानगरपालिकाले निकट भविष्यमा नै सामुदायिक कुकुरलाई व्यवस्थापन गर्ने भएको छ । विभिन्न स्थानमा छाडा रूपमा छाडिएका कुकुरको व्यवस्थापन हुन नसक्दा समस्या आउनाका साथै अनावश्यक कुकुर उत्पादन भएकाले नियन्त्रणका लागि अभियान सुरु गर्न लागिएको महानगरपालिका, जनस्वास्थ्य महाशाखा प्रमुख हरिकुमार श्रेष्ठले बताएका छन् । kmc
उनका अनुसार अव्यवस्थित रूपमा रहेका कुकुरका कारण मानिसको स्वास्थ्यमा समेत विभिन्न असर परेकाले यसलाई नियन्त्रण गर्न लागिएको हो । अबको पाँच दिनपछि कुकुरको तथ्याङ्क सङ्कलनसुरु गरिने तयारी रहेको महाशाखाले बताएको छ ।
कुकर नियन्त्रण अभियानमा ‘ह्युमन सोसाइटी’ र महानगरपालिका दुवैको सक्रियता रहने छ । अभियानका लागि झन्डै रु तीन करोड ५० लाख लाग्ने अनुमान गरिएको छ । रेबिज रोग लागेको नलागेको र अन्य रोगको पनि तथ्याङ्क लिने बताइएको छ । महानगरका ३५ वडामा सञ्चालन गर्न लागिएको अभियान तीन वर्षीय योजना अन्तर्गत पर्छ ।

प्रकाशित मिति: मङ्लबार, फाल्गुन ११, २०७२