बिहिबार, बैशाख १३, २०८१

मौरीपालन व्यवसायप्रति आकर्षित

खोटाङ, १० फागुन । जिल्लामा पछिल्लो समय मौरीपालन गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ ।
मह बिक्री गरेर किसानले मनग्य आम्दानी गर्दै आएका छन् । बाह्र वर्षदेखि मौरीपालन व्यवसाय गर्दै आएका बोपुङका किसान बलराम राईसित अहिले ३८ घार मौरी छन् । मौरीपालन गरेर उनले गाउँमै आम्दानी गर्न सफल भएका छन् । राईले उत्पादन गरेकोे मह प्रायःजसो घरैबाट बिक्री हुने गरेको छ ।
अन्नबालीबाट आउने आम्दानीभन्दा मौरीपालनबाट बढी आम्दानी हुन थालेपछि किसान त्यसतर्फ आकर्षित भएका हुन् । यस्तै बाँझेच्यानडाँडाका किसान सङ्ग्राम राईले ३० घार मौरीपालनगरेका छन् । मह घरबाटै बिक्री हुने गरेको छ भने घारको सङ्ख्या बढाउन गोला विधि अपनाइएको छ ।

प्रकाशित मिति: सोमवार, फाल्गुन १०, २०७२