बुधबार, बैशाख ५, २०८१

सुनसरीमा अनुदान योजनाहरु छनौट

इनरुवा,९ फागुन । । सुनसरी जिल्लामा चालु आ.व.०७२/०७३ मा अनुदानका लागि “युवा लक्षित व्यवसायिक तरकारी उत्पादन कार्यक्रम” अन्तर्गत ७० जना युवा कृषकहरु, “युवा लक्षित व्यवसायिक कीट मौरीपालन”का लागी २० जना तथा “सहकारी खेती साना सिंचाई कार्यक्रम”का लागि विभिन्न ४३वटा सिंचाई योजनाहरु छनौट गरिएको छ । जिल्ला कृषि विकास समितिका सभापति स्थानीय विकास अधिकारी श्री राम प्रसाद वाग्ले ज्यूको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको जिल्ला कृषि विकास कार्यालय, सुनसरीले जनाएको छ ।
विदेश पलायन भईरहेका उत्पादनशील युवाहरुलाई स्वदेशमै व्यवसायिक कृषिको माध्यमबाट स्वरोजगार प्रबद्र्धन गर्न युवा लक्षित व्यवसायिक तरकारी उत्पादन कार्यक्रम मार्पmत केन्द्रिय कार्यक्रम अन्तर्गत ६० जना तथा निक्षेपित (कृषि प्रसार) कार्यक्रम अन्तर्गत १० जना गरी जम्मा ७० जना युवा कृषकहरु छनौट भएका र उक्त कृषकहरुले जनही रु.६० हजारका दरले अनुदान पाउने छन्, भने युवा लक्षित मौरीपालन कार्यक्रमका लागि छनौट भएका २० जना युवाहरुले जनही रु.१ लाख असी हजारका दरले अनुदान पाउने कुरा जिल्ला कृषि विकास कार्यालय सुनसरीका वरिष्ठ कृषि विकास अधिकृत डा.रवीन्द्र नाथ चौबेले बताए ।
यसैगरि साना सिंचाई निर्माण तथा मर्मत संभार कार्यक्रम अन्तर्गत छनौट भएका ४० वटा कृषक समूह/कृषि सहकारी संस्थाहरु मध्ये ३८ वटालाई बोरिङ तथा पम्पसेटको लागी ८२,५००। का दरले, २ वटालाई पाइप लाइन तथा कुलो मर्मतको लागी १,४२,५००। का दरले, सहकारीमा आधारित साना सिंचाईका लागी छनौट भएको १वटा कृषि सहकारी संस्थालाई ३ लाख तथा सहकारी खेती साना सिंचाई स्किम संचालनको लागी छनौट भएका २ वटा कृषि सहकारी संस्थालाई ६/६लाखका दरले अनुदान उपलब्ध गराउने कुरा कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: आइतवार, फाल्गुन ९, २०७२