बिहिबार, बैशाख ६, २०८१

बीउबिजनको अवस्था र खाद्य सुरक्षामा महत्व

“जस्तो रोप्यो त्यस्तै फल्छ” भन्ने हाम्रो समाजको पुरानो उक्तिबाटै यो बुझिन्छ, की वाली उत्पादनमा मात्रात्मक तथा गुणात्मक वृद्धि ल्याउन वीउको अहम भूमिका रहन्छ । वाली उत्पादन गर्नका लागि विउ एउटा प्रमुख लागत सामग्री हो । वाली उत्पादन गर्न आवश्यक सामग्री मध्य गुणस्तरयुक्त बिउ एक अपरिहार्य बस्तु भएको हुदाँ बिउ उत्पादन कार्यक्रम ब्यावसायिकरण तर्फ रुपान्तरण हुदै गैरहेको छ । गुणस्तरयुक्त वीउको अभावमा उत्पादनमा ठूलो ह्रास हुन्छ । वीउ एउटा जीवित विरुवाको सानो रुप हो । त्यसमा विरुवाका संम्पूर्ण गुणहरु तथा वीउका गुणस्तरहरु उम्रने क्षमता, शुद्धता, झारपातको वीउ तथा चिस्यान प्रतिशत र्निधारण गरे अनुसार हुन्छ ।dependra phokharel

नेपालका अधिकांश कृषकहरुले बीउ आफै उत्पादन नगरी अरुको भर अथवा जिल्ला कृषि विकास कार्यालय तथा फार्म केन्द्रहरुको भर परेको पाईन्छ । एक पटक बीउ पाईसके पश्चात वर्षेनी त्यसैबाट केही अंश जोगाएर बीउको रुपमा प्रयोग गर्ने गरेको अवस्था छ । कृषकहरु बीउबिजनको लागी अरुको भर पर्दा वीउ महंगो हुन जान्छ तथा वीउ समयमा उपलव्ध नहुन सक्छ । नेपालमा कृषि उत्पादकत्व कम हुनुको एक मुख्य कारण मध्ये गुणस्तरीय बीउको अभाव पनि एक हो । गुणस्तर बिउको आधिकारिक प्रयोगबाट खाद्य सुरक्षा हुने हुदाँ बिउ उत्पादन कार्यक्रमलाई बिशेष प्रथामिकताका साथ प्रभाबकारी रुपमा कार्यन्वयन गर्न आबश्यक भएको महुसुश गरिएको छ ।
नेपालमा सन १९६० को हरित क्रान्ति प्रविधिहरुको प्रवेश सँगै धान, मकै र गहुँका जातहरु नेपालमा भित्राईएको र सँगसँगै औपचारिक बीउ प्रणालीको शुरुवात भएको थियो । नेपाली बीउ प्रणालीमा सन १९९० सम्म सरकारी क्षेत्रको बढी भूमिका थियो भने सन १९९१ पश्चात केही निजी बीउ व्यावसायीहरु संगठित भई बीउबीजन प्रणालीमा प्रवेश गरेको ईतिहास छ । खाद्यान्न उत्पादन बृद्धि तथा खाद्य सुरक्षाको लक्ष्य सहित विभिन्न आयोजना तथा परियोजनाहरु पनि संचालन भईसकेका छन । सन १९८८ पछि मात्र करिब २० वटा बीउ बिजन सम्बन्धी आयोजनाहरु कार्यान्वयन भएका थिए जसले विशेष गरी समुदायमा आधारित बीउ बिजन पद्धतीको शुरुवात, निजी क्षेत्रलाई बीउ उत्पादनमा संलग्न, बीउ बिजनको बजारीकरण तथा निर्यात बजारको खोजीजस्ता कार्यहरुमा सहयोग पु¥याएको देखिन्छ । राज्यले बीउ बिजन प्रणालीलाई थप व्यवस्थित गराउन सन १९८८ मा बीउ विजन ऐन तथा संशोधन २००८, बीउ बिजन नियमावली १९९७, बीउ बिजन उत्पादन निर्देशिका १९९८ र बीउ बिजन नीति १९९९ तथा संशोधन २०१२ ल्याई बीउ बिजन व्यावसायलाई थप सहयोग पु¥याईरहेका छन ।
विभिन्न अनुसन्धानबाट थाहा भए अनुसार स्थानिय खेती व्यवस्थामा पनि असल वीउ प्रयोग गर्दा १५ देखि २०∞ सम्म यसै वृद्धि ल्याउन सकिन्छ । वैज्ञानिक खेती व्यवस्थाको साथमा असल वीउ प्रयोग गर्दा उन्नत जातको पूरै क्षमता लिन सकिन्छ र उत्पादनमा अरु धेरै वृद्धि हुन सक्छ । जस्ले गर्दा प्रत्येक बर्ष वीउ बिजनको मागको परिमाण वृद्धि हुंदै आएको पाइएको छ । तापनि नेपालको स्थिति हेर्ने हो भने अझै पनि भने जस्ता गुणस्तरीय बीउ बिजनको प्रयोग हुन सकेको छैन । नेपालमा अहिले पनि बीउ प्रतिस्थापन वा बदल्ने दर अतिनै कम रहेको छ । शैद्धान्तिक रुपमा बीउ बदल्ने दर स्वयंसेचित बालीमा २५, परसेचित बालीमा ३३ प्रतिशत र हाईब्रिड जातहरुमा शत प्रतिशत हुनु पर्ने मान्यता छ । सरकारी तथ्यांक अनुसार नेपालमा बीउ बदल्ने दर खाद्यान्नबालीमा धानमा ९, मकैमा ७ र गहुँमा ९ प्रतिशत रहेको तथा तरकारीहरुमा ६६ प्रतिशत रहेको अवस्था छ । यसको मतलब नेपाली कृषकहरु अझसम्म पनि धानको ९१, मकैको ९३, गहुँको ९१ तथा तरकारीको ३४ प्रतिशत बीउ कृषकहरु आफैले संचय गरी राखेको बीउ कृषि उत्पादनमा प्रयोग गरिरहेको बुझिन्छ । नेपाली कृषकहरु कृषि विज्ञान सम्बन्धी खासै जानकार नभएको अवस्थामा बीउ प्रतिस्थापन दर अत्यन्तै कम हुनुले नेपालमा कृषि उपजहरुको उत्पादकत्व कम रहेको प्रस्टयाउदछ ।
सरकारी तथ्यांकहरु केलाउँदा विगतका वर्षहरुमा खाद्यान्न तथा तरकारीबालीमा उन्नत बीउको प्रयोग वर्षेनी बढदै गईरहेको देखिन्छ । धानबालीको बीउ प्रतिस्थापन दर २०६४÷६५ मा ५.८३, २०६५÷६६ मा ६.५१, २०६६÷६७ मा ९.१ र २०६७÷६८ मा ९.६ पाईएको र बीउ बदल्ने दरमा आएको परिवर्तन सँगै उत्पादकत्वमा पनि सुधार भएको देखिन्छ । बीउ बिजनको विगतका वर्षहरुमा आपूर्ति परिणाम पनि बढदै गईरहेको छ । धानबालीमा गुणस्तरीय बीउको आपूर्ति परिणाम २०६४÷६५ मा ४५१९, २०६५÷६६ मा ५०७१, २०६६÷६७ मा ६७६८ र २०६७÷६८ मा ७२०९ मेट्रिक टन रहेको छ भने यी वर्षहरुमा माग ७७४६३, ७७७९७, ७४०६४ र ७४८२३ मेट्रिक टन रहेको थियो । आवश्यक मात्रामा गुणस्तरीय बीउको उपलब्धता हुन सकेको अवस्था छैन तथापी वर्षेनी बढिरहेको वर्तमान अवस्थाले पनि बीउ व्यावसायमा सकारात्मक सुधारको संकेत मान्नु जरुरी रहन्छ । कृषि विकास मन्त्रालयको वार्षिक तथ्यांक पुस्तिका २०६८÷६९ अनुसार विभिन्न बालीहरुको उन्नत बीउ राष्ट्रिय बीउविजन कम्पनी लिमिटेड मार्फत ३३९५.८५ मेट्रिक टन वितरण गरिएको छ जसमा धानको १२००.५० मेट्रिक टन, गहँुको २१८१.९३ मेट्रिक टन, विभिन्न तरकारीहरुको २.९३ मेट्रिक टन, मुसुरोको ८.५४ मेट्रिक टन, तोरीको १.७५ मेट्रिक टन तथा अन्यबालीहरुमा करिब २००० के. जी. वितरण गरिएको पाईन्छ । गत आर्थिक वर्षमा विभिन्न बालीहरुका उन्नत बीउबीजनको कारोबार पूर्वाञ्चलको ईटहरीबाट ३६.३, मध्यमाञ्चलको हेटौडाबाट, ५.८, हेटौडाबाट ३०.९, काठमाण्डौबाट २.७, पश्चिमाञ्चलको भैरहवाबाट १५.५, मध्यपश्चिमाञ्चलको नेपालगंजबाट ५.९ र सूदुरपश्चिमाञ्चलको धनगढीबाट २.९ मेट्रिक टन भएको तथ्यांकले देखाउदछ ।
बीउ बिजन मुल्य श्रुख्ंलाका विभिन्न तहमा विभिन्न किसिमका ब्यवधानहरु रहेका कारण माग अनुसार बीउ बिजन उद्योगमा संलग्न किसानहरुले बीउ बिजन आपूर्ति गर्न सकिरहेका छैनन । विगतका वर्षहरुमा बीउ बिजनको उत्पादन तथा वितरण सरकारी क्षेत्र बाट अधिक हुने थियो तथापी हालका दिनहरुमा सरकारी क्षेत्रको योग्दान ५० प्रतिशत भन्दा कम रहेको छ । विगतका वर्षहरुमा निजी क्षेत्रको बीउ व्यावसायमा प्रवेश, कृषक समुह तथा सहकारी मार्फत बीज बृद्धिका कार्यक्रमहरु संचालनमा रहेकोले पनि निजी क्षेत्रले बीउको आपुर्तिमा योग्दान बढाउदै गईरहेको हो । बीउ बिजनका विभिन्न कार्यक्रमहरु देशभरका जिल्लाहरुमा संचालन भएता पनि मध्य पहाड तथा उच्च पहाडी जिल्लाहरु जहाँ खाद्यान्न उत्पादन तथा उत्पादकत्व कम भईरहेकोमा बाली वा बीउ अधिकृत तथा सहायक कर्मचारीको दरबन्धी नहुनुले पनि बीउ उत्पादन तथा प्रतिस्थापनमा खासै सहयोग नमिलेको यथार्थ हो । नेपाली कृषकहरुमा बीउको महत्व सम्बन्धी जानकारी नभएकाले गुणस्तरीय बीउ बिजन उत्पादन, प्रयोग सम्बन्धी प्राविधिक ज्ञान, सीप सँगै क्षमता अभिवृद्धि गर्नु जरुरी देखिन्छ । बीउ बिजन सम्बन्धी कृषि प्राविधिकहरुमा पनि दखल कम रहेकाले विभिन्न जिल्ला कृषि विकास कार्यलय तथा फार्म केन्द्रमा थुप्रै मात्रामा बीउ बिजन कुहिएर खेर गएको समाचारहरु पनि आईरहेका हुन्छन । तसर्थ दक्ष व्यक्तिहरुद्धारा कृषि प्राविधिकहरुलाई पनि समायनुकुल अनुसारका बीउ बिजन सम्बन्धी तालिमहरु प्रदान गर्नु त्यत्तिकै महत्वपूर्ण छ ।
हुन त फार्म÷केन्द्रहरु तथा बीउ बिजन कम्पनीहरु गुणस्तरीय बीउ उत्पादन तथा वितरणमा लागि परेका छन् र यसका साथै गुणस्तर नियन्त्रणका लागि बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्र तथा क्षेत्रीय स्तरमा रहेका बीउ बिजन परिक्षण प्रयोगशालाहरुले पनि विभिन्न कार्यत्रलमहरु संचालन गर्दै आईरहेका छन । तथापी बीउ बिजन उत्पादनको क्रममा कृषक समुह तथा सहकारीहरुको बीउ निरिक्षण गर्नको लागी निरिक्षकहरुको कम उपलब्धता रहेको देखिन्छ । यी चुनौतहरुका बावजुद पनि उन्नत तथा गुणस्तरीय बीउको माग तथा आपुर्ति वर्षेनी बढिरहेको अवस्था छ । जिल्ला स्तरीय बीउ बिजन आत्मनिर्भर कार्यक्रम, सामुदायिक संस्थाहरु मार्फत उत्पादन, प्रशोधन तथा बजारीकरण कार्यहरुमा अनुदान जस्ता वर्तमान पहलहरुले बीउ बिजन उत्पादन तथा महत्व जानकारी आम कृषकहरुमा विप्रेशण गर्दे जानु महत्वपुर्ण छ । कमसल बीउ बिजनको प्रयोग सँगै जटिल बन्दै गईरहेको खाद्यान्न उत्पादन तथा उत्पादकत्व रहेको वर्तमान सन्दर्भमा नेपालमा रहेका बीउ बिजन सरोकारवालाहरुलाई एकै थलो ल्याई बीउ बिजनसगं सम्बन्धित बिद्यमान समस्याहरु माथि छलफल गरी अगाडि बढ्नका लागि बाटो पहिल्याउन जरुरी भएको छ ।
बढ्दो खाद्य असुरक्षा बाट उन्मुक्ति पाउन नेपाली कृषकहरुलाई बीउ प्रतिको जनचेतना तथा बीउ उत्पादन प्रविधि जस्ता विषयमा क्षमता अभिवृद्धि गर्ने र बीज बृद्धि सम्बन्धीका दिगो कार्यक्रमहरु पनि संचालन गर्दा गुणस्तर बीउको सर्वशुलभ तवरले उपलब्ध हुने जसको कारण बीउ बदल्ने दरमा बृद्धिका साथ कृषि उपजहरुको उत्पादकत्व बृद्धि हुनेमा र खाद्य सुरक्षामा टेवा पु¥याउनेमा स्पष्ट छ । ( पोखरेल, जिल्ला कृषि विकास कार्यलय सुनसरीमा बाली विकास अधिकृत पदमा कार्यरत छन् । )

प्रकाशित मिति: आइतवार, फाल्गुन ९, २०७२