काठमाडौ,फागुन । कृषि विकास मन्त्रालयले २७ बुंदे सार्वजनिक गरेरपछि कृषिमा नयां केही छलाङ् मर्ने हो भन्ने देखिएको भएपनि विगतमा तयार गरिएको कार्यक्रम, विनियोजन गरिएको बजेट तथा कृषि विकास मन्त्रालयको विभाजन पश्चात चालु आर्थिक बर्षमा मन्त्रालयले सार्वजनिक गरेको प्रतिवद्धता पूरा होला र भन्नेमा शंका उब्जन थालेको छ ।
नेपालको कृषि क्षेत्रको विकास गर्नका लागि चालु आर्थिक बर्षदेखि नै एक बस्तु तथा दुई बालीमा हरेक जिल्लालाई आत्भनिर्भर बनाउने योजना अनुरुप जिल्ला जिल्ला हुंदै क्षेत्रीय स्तरमा समेत योजनाका लागि पटक पटक सरोकारवाला निकायहरु वीच भएको कार्यक्रमले पनि धेरै कुरा त सिकाई सकेको छ । तर विगतमा गरिएका अभ्यास लागू भएकी भएनन् वा त्यसलाई कसरी कार्यान्वयन गर्नु पर्दथ्यो भन्ने विषयमा मन्त्रालयको ध्यान गएको देखिंदैन ।
गत बर्ष ठिकै यसै समय अर्थात चालु आर्थिक बर्षका लागि योजना तर्जुमा गर्नका लागि भएका कार्यक्रमले सोच अनुरुप प्रगति गर्न सक्यो कि सकेन वा त्यसलाई जिल्लाबाट भएको माग बमोजिम कार्यान्वयन गर्न सकियो कि सकिएन भन्ने विषयमा गम्भीरमा रुपमा सोच्नु आवश्यक छ ।
अहिले मूलकको प्रादेशिक रुपमा सिमांकन पूर्ण रुपमा सम्पन्न भई नसकेको अवस्थामा अहिले नै प्रदेश अनुरुपको कृषि उपज उत्पादन गर्ने उदेश्य लिएर कार्यक्रम बनाउंदा भविष्यमा त्यसले नकारात्मक सन्देश पो जाने हो कि ? सरकारले अहिले कति प्रदेश बनाउने भन्ने विषयमा टुङे नलगाई सकेको अवस्थामा कृषि विकास मन्त्रालयले मुलुकलाई सात प्रदेशमा विभाजन गरी सोही अनुरुप कृषि बाली उत्पादनका लागि कार्य योजना तयार गर्दा त्यसबाट कस्तो फलको आशा गर्न सकिएला ? कतै कृषि विकास मन्त्रालयमा बसेर ग्रामिण भेगका किसानहरुलाई लक्षित गरी बनाईने योजनाले सार्थक रुपमा हासिल गर्ने देखिएन भने ? प्रश्न चिन्हको घेराभित्र बसेर योजना बनाउने भन्दा हाम्रो राष्ट्रिय धरातल अनुरुप किसानहरुको मागका आधारमा अहिल्यै देखि कार्यक्रम तर्जुमा गर्ने हो भने नेतृत्व पंक्तिले भाषण गरेजस्तै हामी कम्तिमा एक दुई बस्तु वा बालीमा आत्मनिर्भर हुन सक्थ्यौं कि ? अहिले कृषि विकास मन्त्रालय मातहतका कार्यालयहरुले गरेका कार्यक्रमहरु हेर्ने हो भने कहिले भूकम्प त कहिले नाकावन्दीको बहाना गर्दै धेरै कार्यक्रमहरु सम्पन्न हुन सकिरहेको छैन । यो परिस्थितिमा प्रदेश अनुरुप कृषि उत्पादनमा लाग्नु कत्तिको उचित होला ? बरु विगतमा पांचबर्षभित्र मुलुकलाई आत्मनिर्भरबनाउन खोजिएको बस्तु वा बालीको उत्पादनमा जोड दिने कि ?
कृषि विकास मन्त्रालयको प्रदेश अनुसार कृषि उत्पादन !

Add Comment