शुक्रबार, बैशाख ७, २०८१

कृषिबाट मात्रै आत्मनिर्भर

चितवन, ८ फागुन । कृषि मन्त्री हरिबोल गजुरेलले नेपाललाई कृषिबाट मात्र आत्मनिर्भर बनाउन सकिने बताउका छन् । चितवनको आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री गजुरेलले नेपाललाई आत्मनिर्भर बनाउन कृषि क्षेत्रको विकासमा अनिवार्य रहेको बताए । नेपाली कृषकहरुको हितका लागि नेपाल सरकारले काम गरिरहेको बताउंदै मन्त्री गजुरेलले नेपालको कृषिलाई आधुनिकीकरण, औद्योगिकीकरण गर्नतर्फ सरोकारवाला सबैको ध्यान जानुपर्नेमा जोड दिए ।
नेपालका युवाहरु विदेशिने परिपाटीको अन्त्य गर्न युवालाई कृषि पेसामा आकर्षण गर्न मन्त्रालयले विशेष योजना ल्याउन लागेको समेत उनले बताए । – विल अधिकारी

प्रकाशित मिति: शनिबार, फाल्गुन ८, २०७२