शुक्रबार, चैत्र १६, २०८०

पशुपालनमा रु तीन अर्ब लगानी

krishilogoबाबियाचौर (म्याग्दी), ५ फागुन । जिल्लामा व्यावसायिक पशुपालनका लागि रु तीन अर्ब ६८ करोड ४१ लाख ६६ हजार लगानी भएको छ । व्यावसायिक रुपमा गाईभँैसी र भेडाबाख्रापालन गर्न सो रकम लगानी गरिएको हो । जिल्ला पशुसेवा कार्यालयका अनुसार जिल्लाभर ९२ वटा गाईभँैसी र २८७ वटा भेडाबाख्रा फार्म रहेका छन् । पशुसेवा प्राविधिक डिल्लीराम रेग्मीले व्यावसायिक फार्म सञ्चालनका लागि पूर्वाधार तयार गर्न थप रु २३ करोड ५५ लाख लगानी भएको जानकारी दिए ।

व्यावसायिक पशुपालनको माध्यमबाट जिल्लामा एक हजार ५०० जनाले रोजगारी पाएका छन् । जिल्लामा दूध उत्पादनका लागि २९६ भँैसी, ५७२ गाई, आठ हजार ४८६ बाख्रा र १२ हजार ४८० भेडा मासु उत्पादनका लागि व्यावसायिक रुपमा पालिएका छन् । जिल्लामा १५९ वटा बाख्रा फार्म, ५८ वटा भेडा फार्म, ६० वटा संयुक्त भेडाबाख्रा फार्म रहेका छन् ।

प्रकाशित मिति: बुधबार, फाल्गुन ५, २०७२