मङ्लबार, बैशाख ११, २०८१

एउटै गाउँबाट रु तेह्र लाखको सुन्तला निकासी

krishilogoम्याग्दी, ५ फागुन । जिल्लाको बरङ्जा गाविसको एउटै बस्तीबाट करिब रु १३ लाख मूल्यको सुन्तला निकासी भएको छ । बरङ्जा–१ मा पर्ने भेडाबारी गाउँबाट यस वर्ष उक्त मूल्य बराबरको सुन्तला निकासी भएको हो । सो गाउँबाट २८ हजार ६०० किलो सुन्तला निकासी भएको स्थानीय कृषक प्रेम गिरीले जानकारी दिए । प्रतिकिलो रु ४५ का दरले उक्त परिमाणको सुन्तला पोखरा निकासी गरिएको हो । “गत वर्षको तुलनामा रु तीन लाख बढी आम्दानी भएको छ” उनले भने । उनीहरुले सुन्तलाको बगैँचाभित्र अदुवा र बेसारखेती गरेर अतिरिक्त आम्दानी समेत गर्ने गरेका छन् ।

प्रकाशित मिति: बुधबार, फाल्गुन ५, २०७२