बिहिबार, चैत्र १५, २०८०

सुन्तला, आलुको ‘ग्रेडिङ’

krishilogoबागलुङ, ४ फागुन । जिल्ला कृषि विकास कार्यालयले यसै वर्षदेखि सुन्तला र आलुको ‘गे्रडिङ’ सुरु गरेको छ । ग्रेडिङ सुरु गरेपछि सुन्तला र आलुको बजारीकरणलाई मद्दत पुगेको छ । ‘ग्रेडिङ’ गरिएका दुई हजार ‘कार्टुन’ सुन्तला जिल्ला बाहिर निर्यात गरिएको छ भने सुन्तला ‘कार्टुन’मा किसानलाई ७५ प्रतिशत अनुदान दिइएको छ । यस्तै आलु राख्ने बोरा किसानलाई निःशुल्क वितरण गरिएको वरिष्ठ कृषि विकास अधिकृत विनोद हमालले जानकारी दिए ।

पहिलो चरणमा ताराखोला र ढोरपाटनको आलुलाई ग्रेडिङ गरिएको छ । ‘गे्रडिङ’ले जिल्लाको कृषिउपजको प्रचारप्रसारमा टेवा पुग्ने हमालको भनाइ छ । उत्पादनको पहिचान कायम गर्न अन्य उत्पादनलाई पनि ‘गे्रडिङ’ गर्ने र निःशुल्क प्राविधिक सहयोग उपलब्ध गराउने कृषि कार्यालयले योजना वनाएको छ । “गे्रडिङ गर्दा किसानलाई गुणस्तर कायम गर्ने तरिकाबारे सिकाउँछौँ” अधिकृत हमालले भने । आफ्नो ठाउँको नामाकरण गरेर सुन्तला, आलु जिल्ला बाहिर निर्यात हुँदा किसान उत्साहित बनेका छन् भने ‘ब्राण्ड’ कायम हुने भएपछि उनीहरुमा हौसला बढेको छ ।

प्रकाशित मिति: मङ्लबार, फाल्गुन ४, २०७२