बिहिबार, बैशाख १३, २०८१

विकास र समृद्धि’ भन्ने मूल नाराका साथ १२औँ लेखनाथ महोत्सव हुने

krishilogoपोखरा, ४ फागुन । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने मूल नाराका साथ यही फागुन ५ देखि १६ गतेसम्म सात तालको बगैँचा सहर लेखनाथमा १२औँ लेखनाथ महोत्सव हुने भएको छ । लेखनाथ नगरपालिका वडा नं १ भण्डारढिकस्थित प्रस्तावित रङ्गशालामा हुुन लागेको महोत्सवलाई स्थानीय उत्पादनको प्रदर्शन र कृषि पर्यटनको विकासका साथै लेखनाथ र आसपासका क्षेत्रका पर्यटकीय सम्भाव्यतालाई उजागर गराउने माध्यमका रुपमा लिइएको छ ।

महोत्सव आयोजक संस्था लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा महोत्सवका मूल संयोजक लक्ष्मीप्रसाद त्रिपाठीका अनुसार व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, पशुपक्षी बजार प्रवद्र्धन निर्देशनालय र पशु उत्पादन निर्देशनालय, कृषि व्यवसाय प्रवद्र्धन कार्यक्रम, लेखनाथ नगरपालिका कार्यालयको सहआयोजना र नेपाल पर्यटन बोर्ड प्रवद्र्धक रही सञ्चालन हुने महोत्सवबाट यस क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको छ । संयोजक त्रिपाठीले भने– “महोत्सवले विभिन्न जिल्लामा उत्पादित कृषि तथा हस्तकलाका वस्तुकोे बजार प्रवद्र्धनका साथै सोको पहिचान, स्थानीय उत्पादन साथै लघु, घरेलु तथा साना उद्योगको प्रवद्र्धन गर्न सहयोग पु¥याउने छ ।”
आवश्यक ज्ञान, उद्यमशीलता र प्रविधि हस्तान्तरण, राष्ट्रिय तथा छिमेकी मुलुकमा उत्पादित औद्योगिक एवम् दैनिक उपभोग्य वस्तु तथा सेवाको प्रवद्र्धनका साथै आन्तरिक एवम् बाह्य पर्यटकको विकासमा महोत्सव निकै उपयोगी हुने विश्वास लिइएको उनले बताए । महोत्सवमा कुल ३०० वटा स्टल रहने जानकारी गराउँदै संयोजक त्रिपाठीले भने– “महोत्सव अवधिभर करिब तीन लाख दर्शकले अवलोकन गर्ने र रु १५ देखि २० करोड बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ ।” महोत्सवमा करिब रु एक करोड पाँच लाख आम्दानी हुने र महोत्सव सम्पन्न गर्नका लागि रु ७५ लाख खर्च भई रु ३० लाख बचत हुने अनुमान आयोजकले गरेको छ ।
गत वर्ष पनि सामाजिक विकासका क्षेत्रमा रु १३ लाख खर्च गरिएको र यस वर्षको आम्दानी पनि प्रस्तावित रङ्गशालाको निर्माणदेखि लेखनाथमा निर्माणाधीन अन्तर्राष्ट्रिय चिडियाघर निर्माणलगायतमा खर्च गरिने आयोजकले जनाएको छ । महोत्सवमार्फत लोक संस्कृतिको जगेर्ना गर्ने, हस्तकला व्यवसायको प्रवद्र्धन गर्ने, व्यावसायिक चेतना अभिवृद्धि गर्ने, आन्तरिक एवम् बाह्य पर्यटन प्रवद्र्धन गर्ने, सूचना प्रविधिबारे जानकारी गराउने, स्थानीय वस्तु तथा सेवाको बजार प्रवद्र्धन गर्ने एवम् उद्यमी एवम् व्यवसायीलाई प्रोत्साहन गर्ने सोच राखिएको छ । महोत्सवमा दर्शकको मनोरञ्जनका लागि राष्ट्रिय ख्याति प्राप्त कलाकारको दैनिक प्रस्तुति रहने छ । गण्डकी ताराअन्तर्गत टप २० मध्ये उत्कृष्ट एक प्रतिभाले सङ्गीतकार वसन्त सापकोटाको सङ्गीतमा नेपाली चलचित्रमा गीत गाउन पाउने व्यवस्था र उत्कृष्ट पाँचमध्येबाट साझेदारीमा एक÷एकवटा गीत रेकडिङ गर्ने व्यवस्थासमेत मिलाएको प्रचारप्रसार समितिका संयोजक भरतकुमार अधिकारीले जानकारी दिए ।
महोत्सवमा विद्यालयका छात्रछात्राको नृत्य र गायन कला प्रस्फुटन गर्ने उद्देश्यले चाइल्ड ट्यालेन्ट सो प्रतियोगिताका साथै बाल उद्यान, खाना महोत्सव, म्युजिक कन्सर्ट, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, शैक्षिक गतिविधिको प्रस्तुति, राष्ट्रियस्तरका चर्चित कलाकारको दैनिक आगमन हुने प्रचारप्रसार समिति संयोजक अधिकारीको भनाइ छ । महोत्सवमा सांस्कृतिक कार्यक्रम, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, उद्योग र एक जिल्ला एक उत्पादन कार्यक्रमका गतिविधिहरुको जानकारीसहित प्रदर्शनी साथै महोत्सवको समयमा हालै मात्र घोषणा भएको रामसार क्षेत्रका बारेमा अन्तक्र्रिया साथै क्रेता र विक्रेताका बीचमा पनि अन्तक्र्रिया गराइने लेखनाथ उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष कृष्णहरि भण्डारीले बताए ।
महोत्सवको प्रवेश टिकट शुल्क रु ५० र विद्यार्थीका लागि रु ३० रहने छ भने वृद्धवृद्धा, अपाङ र एकल महिलाको सम्मानका लागि सरकारले जारी गरेको सामाजिक सुरक्षा भत्ता वितरण कार्डमार्फत प्रवेश निःशुल्क गर्ने व्यवस्था मिलाइएको छ ।

प्रकाशित मिति: मङ्लबार, फाल्गुन ४, २०७२