बुधबार, बैशाख १२, २०८१

उपत्यका भित्रने तरकारीको विषादी चेकजांच

काठमाडौं । कृषि विकास मन्त्रालय बाली संरक्षण निर्देशनालयको अगुवाईमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त आयोजनामा काठमाडौं उपत्यका भित्रने चारै नाकामा खाद्य तथा तरकारीहरुमा विषादी चेकजांच शुरु भएको छ । बाली संरक्षण निर्देशनालयले गत आषाढमा कालीमाटी तरकारी तथा फलफूल बजारमा विषादी द्रत विश्लेषण केन्द्र स्थापना पश्चात काठमाडौंमा भित्रने तरकारी तथा फलफूलमामा विषादी प्रयोगको मात्र कम भएको देखिएको थियो । कालीमाटी तरकारी बजारमा भित्रने तरकारी बाहेक अन्य स्थानहरुका तरकारी बजारमा विषादी प्रयोग भएका तरकारी विक्रीभईरहेको गुनासो आएको भएपनि चेकजांच हुन सकेको थिएन । dilli ram sarma
काठमाडौं लगायत देशका मुख्य मुख्य शहरमा तरकारीमा विषादी चेकजांच गर्ने बाली संरक्षण निर्देशनालयले तयारी गरेको पनि थियो । बजेट अभावका कारण भन्दै मेशिन खरिद हुन नसक्दा विषादी चेकजांच अन्य शहरहरुमा हुन सकेको छैन । यद्यपी उपत्यका बासीहरुले विषादी प्रयोग भएका तरकारी तथा फलफूल उपभोग गर्ने नरास् भन्ने सोच सहित अहिले बाली संरक्षण निर्देशनालयले छड्के रुपमा काठमाडौं उपत्यकामा भित्रने तरकारीहरुको छड्ेक रुपमा विषादी चेकजांच गर्न थालिएको निर्देशनालयका कार्यक्रम निर्देशक डा. डिल्लीराम शर्माले बताए ।
आम नागरिकहरुको स्वास्थ्यको ध्यान दिंदै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसंगको संयुक्त पहल सोमबार भक्तपुरको जगातीमा शर्माकै नेतृत्वको टोलीले तरकारीका विषादी जांच गरिएको उनले बताए । जगातीबाट लिएको १० नमूनामा मध्ये ६ नमूना नेपाली उत्पादन र ४ नमूना भारतबाट ल्याइएका तरकारीहरुको विषादी चेकजांच गर्दा १० वटै नमूनामा विषादी फेला नपरेको समेत उनले बताए ।
विषादी चेकजांचलाई अझ प्रभावकारी ढंगल अगाडि बढाउनका लागि निरन्तर रुपमा काठमाडौं भित्रने हरेक नाकामा छड्के रुपमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र वाली संरक्षण निर्देशालले संयुक्त रुपमा विषादी चेकजांचलाई निरन्तरता दिने समेत उनले बताए ।

प्रकाशित मिति: मङ्लबार, फाल्गुन ४, २०७२