बुधबार, बैशाख ५, २०८१

उत्पादनको २ प्रतिशत मात्रै अदुवा निर्यात

सल्यान, २ फागुन । जिल्लाको प्रमुख नगदेवालीको रुपमा रहेको अदुवा उत्पादनको २ प्रतिशत मात्रै जिल्ला बाहिर निर्यात भएको छ । अघोषित नाकावन्दीका कारण अदुवाले बजार पाउन नसकेपछि २ हजार मेट्रिक टन भन्दाबढि अदुवा जिल्लाभित्रै थन्किएको हो ।
जिल्लाका विभिन्न गाविसहरुमा यस वर्ष २४ हजार ३ सय १० मेट्रिक टन अदुवा उत्पादन भएकोमा हाल सम्म ४ सय मेट्रिक टन मात्र निर्यात भएको जिल्ला कृषि विकास कार्यालय सल्यानले जनाएको छ ।
लामो समय सम्म भारतले गरेको नाकावन्दीका कारण देश वाहिर निर्यात हुन नसकेकाले अदुवाले बजार पाउन नसकेको जिल्ला कृषि विकास कार्यालय सल्यानका वरिष्ठ कृषि विकास अधिकृत टेक प्रसाद लुइटेलले जानकारी दिएका छन् । उत्पादन भएको अदुवा मध्ये ५० प्रतिशत विउमा र ५० प्रतिशत विक्रि गरिन्छ, यसपाली अदुवा विक्रि हुन नसकेकोले सवै अदुवा किसानसंगै रहेको छ ।” लुइँटेलले बताए ।

प्रकाशित मिति: आइतवार, फाल्गुन २, २०७२