शुक्रबार, चैत्र १६, २०८०

कलाकार ओ माई लभ विषादी प्रयोग न्यूनिकरण अभियानमा

काठमाडौं । कुनै बेला तितो सत्य टेलिफिल्ममा ओ माई लभ का रुपमा चर्चित कलारका विष्णुभक्त फुंयाल पाँचखालको तामाघाटमा अईया र आत्था भन्दै पुगेपछि पाँचखालबासी जनता तीनछक्क परे । टेलिभिजनका पर्दामा दर्शकलाई हंसाउंदै आईरहेका उनलाई आंखाभरी आंशु लिएर उभिएको देखिएपछि उनलाई माया गर्ने दर्शक उनलाई के भो भनेर सोध्न जानु पनि स्वाभाविकै हो । draa
ओमाई लभ रौईरहेको देखेपछि पाँचखालबासी झुम्एिर सोध्दै थिए के भो बा तपाईलाई ? विष्णुभक्त फुंयाल भन्दै थिए यतै दुख्यो उतै दुख्यो धामीले पनि ठिक पारिदिएन । तर उनी वास्तविकमा रुपमा भन्दा पनि तरकारी बारीमा विषादी प्रयोग गर्ने किसानका रुपमा उभिएको त्यसबेला मात्र दर्शकले पत्ता पाए जव लोक वा एवं फिल्मी किरोका रुपमा चिनिएका कलारका सन्तोष खनालले पनि देखिए ।
कलाकार विष्णुभक्त फुंयाल कृषि विकास मन्त्रालय, बाली संरक्षण निर्देशनालयको आयोजनामा विषादी विष हो औषधी होइन शीर्षकका नाकट प्रर्दशन गर्न काभ्रेको पाँचखालमा शनिबार विहानै पुगेका थिए । तरकारी बालीमा विषादी बढी प्रयोग गर्ने जिल्लाका रुपमा विगतमा परिचित भएको पाँचखालका जनतालाई विषादी प्रयोगले मानव स्वास्थ्यमा पु¥याउने हानी नोक्सानीका बारेमा सडक नाटकका माध्यमबाट जनचेतना अभिबृद्धि गर्ने कार्यमा पुगेका थिए ।
फुंयालकै लेखन तथा निर्देशनमा प्रर्दशन गरिएको सो नाटकले विषादी प्रयोगले क्यान्सर, मृगोलाको रोग, महिलाहरुमा हुने बाँझोपन, ब्रेन ट्यूमर सम्मका रोग लाग्न सक्ने भएकाले रासायनिक विषादी प्रयोग गर्न नहुने सन्देश नाटकले दिएको थियो । हव ब्रोडकास्टिङ्गको संयोजनमा कुसुम नाट्य समूहको प्रस्तुति रहेको सो नाटकमा फिल्म किरो अर्थात सन्तोष खनाल, शुशिला अर्याल, राजु घिमिरे, जंग पहाडी, सरीता राजोपाध्याय, रमेश धमला लगायतका कलाकारहरुले अभियन गरेका थिए । कलाकार टोलीले काभ्रेको पाँचखाल बनेपा बजारमा सो सडक नाटक प्रर्दशन गरेका थिए ।
सडक नाटक हेरेपछि जिल्ला कृषि विकास कार्यालय तामाघाट सेवा केन्द्रका प्रमुख रामेश्वर श्रेष्ठले नाटक वास्तविकतासंग मेल खाने भएको र विगतमा पाँचखाल कै घटना जस्तो देखिने गरी प्रस्तुत गरिएकाले दर्शकहरुले अन्य क्षेत्रमा पनि नाटक प्रर्दशनका लागि आग्रह गरेको बताए । सो नाटक आइतबार धादिङ र सोमबार चितवनमा देखाईने निर्देशक विष्णुभक्त फुंयालले बताए ।

प्रकाशित मिति: शनिबार, फाल्गुन १, २०७२