बुधबार, बैशाख १२, २०८१

उपत्यकाका चारै नाकामा विषादी चेकजांच हुने

काठमाडौं । तरकारी तथा खाद्य बालीमा प्रयोग हुने विषादीलाई न्यूनिकरण गर्नका लागि किसानहरु माझ जानकारी गराउंदै आईरहेको कृषि विकास मन्त्रालय बाली संरक्षण निर्देशनालयले अव उपत्यका प्रवेश गर्ने चारै नाकामा विषादी चेकजांच शुरु गर्ने भएको छ ।
काठमाडौं उपत्यकामा भित्रने अधिकांश तरकारी तथा खाद्य बालीमा विषादी प्रयोगको मात्रा अत्यधिक भेटिएपछि अघिल्लो बर्ष असारमा कालीमाटी तरकारी बजारमा विषादी जांच केन्द्र स्थापना गरिएपछि कालीमाटीमा भित्रने तरकारी तथा फलफूलमा विषादी प्रयोग गरिएको नआएपछि उपभोक्ताहरुले अन्यत्र बजारमा जाने गुनासो गर्दै आईरहेका छन् ।
उपभोक्ताहरुको गुनासो प्रशस्त सुनिएपछि काठमाडौं उपत्यका भित्रने चारै नाकामा बाली संरक्षण निर्देशनालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त आयोजनामा फागुन २ गते आईतबारदेखि तरकारी बस्तु देखि खाद्य बस्तुसम्म विषादी प्रयोग गरिएका चेकजांच गर्ने र गुणस्तरहीन खाद्य बस्तु भित्रन रोक्न कार्य थालनी गर्न लागिएको बाली संरक्षण निर्देशनालयका कार्यक्रम निर्देशक डा. डिल्लीराम शर्माले बताएका छन् ।
उपभोक्ताहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै कालीमाटीमात्र नभई उपत्यका भित्रने कुनै पनि तरकारी बस्तु वा खाद्य बस्तुहरु गुणस्तरीयतका लागि आफूहरुले संयुक्त रुपमा पहल गरेको बताए । चारैनाकामा विषादी जांच तथा गुणस्तर चेकजांच गरिने भएपनि उपभोक्ताहरुले गुणस्तरी खाद्यान्न उपभोग गर्ने पाउने भएका छन् ।

प्रकाशित मिति: शनिबार, फाल्गुन १, २०७२