मङ्लबार, बैशाख ४, २०८१

मूल्य नपाउँदा किसान चिन्तित

krishilogoवीरगन्ज, २९ माघ । तरकारीको मूल्य नपाउँदा बारा र पर्साका किसान चिन्तित भएका छन् । आलुखेती यहाँका किसानका लागि मुख्य आम्दानीको स्रोत हो । आलुकोे बजार मूल्य प्रतिक्विन्टल रु एक हजार १०० देखि रु एक हजार ४०० सम्म रहेको छ । गत वर्ष बिक्री मूल्य रु एक हजार ५०० देखि रु एक हजार ८०० सम्म रहेको थियो ।

मागभन्दा बढी आलु बजारमा आउन थालेपछि मूल्यमा कमी आएको व्यापारीहरु बताउँछन् । जिल्लाको हर्दियाका देवेन्द्र सहनी सरकारले आलुको न्यूनतम मूल्य निर्धारण नगरेका कारण किसान सस्तोमा आलु बेच्न बाध्य भएको बताए। जिल्ला कृषि विकास कार्यालयका अनुसार यो वर्ष जिल्लामा करिब एक हजार हेक्टर क्षेत्रफलमा आलुखेती गरिएकामा प्रतिहेक्टर १६ क्विन्टल आलु उत्पादन भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, माघ २९, २०७२