शनिबार, बैशाख ८, २०८१

गाईभैसीको औषधी कुकुरलाई दिने पशु चिकित्सकद्धारा पत्रकारलाई धम्की

काठमाडौं । पशु चिकित्सालय त्रिपुरेश्वरमा करीव एक दशकदेखि कार्यालय प्रमुखका रुपमा अड्डा जमाईरहेका  पशु चिकित्सक बलराम थापाले गरेका कर्तुतहरु सार्वजनिक भएपछि अत्तालिएर उनी समाचार प्रकाशन गर्ने समाचार प्रकाशन गृहमाथि आफ्नो फेसवुक पेज मार्फत विभिन्न खाले आरोप लगाउन थालेका छन् । आफ्नो पदको दुरुपयोग गरी नेपालमा दर्ता नभएका पशुऔषधी मुलुकमा संकट परेको भन्दै भित्र्याउनका लागि लेखेको पत्र नै फर्जि भेटिएपनि उनी इन्तु न चिन्तु भएका छन् । पशु चिकित्सा क्षेत्रलाई बदनाम गर्दै सेवाग्राहीलाई कार्यालयमा नै धम्क्याउने बलराम थापा यस्ता पशु चिकित्सक हुन् जसले गाई भैसीका लागि प्रयोग हुने औषधी कुकुरलाई प्रयोग गर्दै आईरहेका छन् । sa
उनको आफ्नो २५ प्रतिशत शेयर भएको स्टार भेट केयर ललितपुरबाट उत्पादित फिड सप्लिमेण्ट गाई भैसीलाई प्रयोग गर्ने भएपनि आफ्नो क्लिनिक र पशु चिकित्सालय त्रिपुरेश्वर मातहतका प्राविधिक मार्फत जर्वजस्ती रुपमा कुकुरलाई प्रयोग गर्दै सेवाग्राहीलाई आर्थिक भार थप्ने र आफू मोटाउने कार्य गर्दै आईरहेका छन् ।
उनले पशु चिकित्सालयमा बसेर गरेका कुकृत्यका प्रमाणका फोटोकपी (कृषि अनलाईनको कार्यालयमा सुरक्षित छ), नेपालमा दर्ता नभएका करोडौं मूल्यका पशुपंक्षीलाई प्रयोग गर्ने पशु औषधी आयात गर्न वीरगञ्ज भन्सार कार्यालयलाई लेखेको उनकै हस्ताक्षर भएको पत्र (जुन पत्र भन्सार कार्यालयमा पठाएको चलानी नम्वरमा कार्यालयमा अर्कै पत्र रहेको ) सहितको समाचार प्रकाशन भएपछि अनलाईनलाई धम्क्याउंदै आईरहेका छन् । कृषि अनलाईनका सम्पादकलाई फोन मार्फत अपशब्द प्रयोग गरी धम्क्याएका छन् ।
सरकारी पदमा बसेर गरेको पदीय दुरुपयोगको भण्डाफोर भएपछि उनी अत्तालिंदै उनीसंगै किर्ते कार्यमा संलग्न एक व्यापारीलाईे फोन गरी आफू भखैर उपसचिव (प्रा.) बाट सहसचिवमा बढुवा भएकोले आफ्नो विरुद्ध समाचार लेख्ने पत्रकारलाई धम्क्याउन सहयोग समेत मागेका थिए ।kirte डा बलरामको विगतका कर्तुतबाट वाक्क भएका पशु सेवा विभागका उनकै केही सहकर्मीहरु थापा कहिल्यै नसुध्रने बताउंछन् । थापा राणाका ज्वाई भएकाले पनि आफूलाई राणा  खान्दान नै हुं भन्ठान्ने गरेर हुकुमी शासन चलाउन खोज्ने एक पशु चिकित्सकले कृषि अनलाईनलाई बताए । पत्रकारलाई धम्की दिएपछि उनले आफ्नो मोवाइलको स्वीच अफ गरेका छन् ।

प्रकाशित मिति: बिहिबार, माघ २८, २०७२