शनिबार, बैशाख ८, २०८१

सुन्तला उत्पादनमो कमी

कास्की, २७ माघ । जिल्लामा यसवर्ष सुुुन्तला उत्पादनमा २७ प्रतिशतले कमी आएको छ । गत वर्ष जिल्लामा १३ हजार मेट्रिक टन सुन्तला उत्पादन भएकोमा यसवर्ष १० हजार २०० मेट्रिक टन मात्रै उत्पादन भएको छ । जिल्ला कृषि विकास कार्यालयका बागबानी अधिकृत तिलक केसीका अनुसार फूलफुल्ने बेलामा हुरीवतास र असिनापानी, पुराना बोट सुक्दै जानु र नयांँ रुखले फल दिन नसक्दा उत्पादनमा कमी आएको हो ।
यसवर्ष सुन्तलाबाट किसानले करिब रु २६ करोड आम्दानी गरेका छन् । उत्पादन भएको सुन्तला पोखरा, बुटवल, काठमाडौँं, नारायणघाट र स्थानीय बजारमा बिक्री गरिएको थियो । पुतली बजार र वालिङ नगरपालिका तथा अर्जुनचौपारी, बाहाकोट, दहथुम, फापरथुम, खिलुङ, मनकामना, पिँढीखोला, पेलाकोट, स्वरेक, ठूलादी गाविस सुन्तला उत्पादनका पकेटक्षेत्र मानिन्छन् ।

प्रकाशित मिति: बुधबार, माघ २७, २०७२