शुक्रबार, बैशाख ७, २०८१

उत्पादनका लागि दूध छनोट

इलाम, २७ माघ । कृषि विकास मन्त्रालय तथा नेपाल उद्योग वाणिज्य महासङ्घ कृषि उद्यम केन्द्रको सहकार्यमा सञ्चालित एक जिल्ला, एक उत्पादनका लागि इलामा जिल्लामा दूधलाई छनोट गरिएको छ ।
दूध, चिया, अदुवा र आलुमध्ये एक उत्पादनलाई छनोट गर्नुपर्ने भएपछि यहाँका व्यवसायी, पशुपालक, सरोकार निकायले दूधलाई छनोट गर्न आग्रह गरेका इलाम उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष नुतनदेव दुलालले जानकारी दिए ।
जिल्लामा अत्यधिक मात्रामा उत्पादन हुने भएकाले दूधलाई छनोट गरी दुग्ध दूध उद्योग खोल्ने तयारीसमेत गरिएको छ । दूधलाई प्रशोधन गरी विभिन्न प्रकारका परिकार बनाई त्यसलाई स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा समेत पु¥याउन सके अत्यधिक फाइदा लिन सकिने बरबोटेका गोविन्द पौडेल बताए । छुर्पी, चीज र पाउडरको अत्यधिक माग भएकाले दुग्ध उद्योग स्थापना गरी उत्पादन गर्न सकेमा किसान लाभान्वित हुने वरिष्ठ पशुविकास अधिकृत पशुपति ढुङ्गानाको भनाइ छ ।

प्रकाशित मिति: बुधबार, माघ २७, २०७२