शुक्रबार, चैत्र १६, २०८०

कृषिलाई व्यावसायिकीकरण गर्ने कोइरालाको सपना अधुरै

काठमाडौं । नेपाली कांग्रेसमा सभापति एवं पूर्व प्रधानमन्त्री सुशिल कोइरालाको ७६ बर्षको उमेर सोमबार राती १२ः ३० मा निधन भएको छ । पूर्व प्रधानमन्त्री कोइरालाको निधनसंगै उनले मुलुकलाई समृद्ध नेपाल बनाउनका लागि बोकेको कृषि र जडीबुटीको व्यावसायिकीकरण गर्ने सपना कोइरालाका लागि अधुरै रहेको छ । Sushil-koirala-dead
प्रधानमन्त्री रहंदा नै नेपाललाई समृद्ध बनाउनका लागि कृषि क्षेत्रको विकास गर्नुको विकल्प छैन भन्दै नेपाली कृषि क्षेत्र परम्परागत रुपमा अगाडि बढिरहेकाले कृषि क्षेत्रको व्यावसायिकीकरण गर्ने उनको सपना थियो । त्यो सपना सपनामा नै सिमित भएको छ । नेपाली कृषि क्षेत्रलाई व्यावसायिकीकरण गर्ने नारा अगाडि सार्दै आईरहेको भएपनि वास्तविक रुपमा नै कृषि क्षेत्र व्यावसयिक रुपमा अगाडि बढ्न सकेको छैन । कृषि विकास मन्त्रालयले विगत लामो समयदेखि कृषिको व्यावसायिकीकरणको गर्ने कुरालाई हरेक बर्ष आफ्नो नीति तथा कार्यक्रममा राख्ने गरेको भएपनि खासै त्यसले प्रभावकारी भूमिका खेल्न सकेको छैन ।
कृषिलाई व्यावसायिकीकरण गर्नका लागि कृषि विकास मन्त्रालय मातहतमा सञ्चालनमा आएको व्यावसायिक कृषि तथा व्यापार आयोजना सञ्चालन भएको आधा दशक वितिसक्दा पनि व्यावसायिकीकरणको संकेत नै नदेखिनुले कोइरालाले बुनेको सपना अझै अधुरो रहने देखिन्छ ।

प्रकाशित मिति: मङ्लबार, माघ २६, २०७२