बिहिबार, बैशाख ६, २०८१

पशु चिकित्सालयका प्रमुख बलराम थापाको मनमरी धन्दा

काठमाडौं । पशुपंक्षी विकास मन्त्रालय पशु सेवा विभाग मातहतमा रहेको विरामी पशुहरुको स्वास्थ्य उपचारका लागि काम गर्दै आईरहेको मुलुकको एकमात्र र जेठो चिकित्सालय पशु स्वास्थ्य चिकित्साल त्रिपुरेश्वरका प्रमुख पशु चिकित्सक बलराम थापाका कारण अहिले सेवाग्राही अन्यायमा परेका मात्र होइनन् । राज्यले पनि लाखौं रुपैयां राजश्व गुमाउनु परेको छ । balaram thapaaaaa
नेपालको एक मात्र सरकारी पशु अस्पतालका रुपमा रुपमा रहेको पशु चिकित्सालय त्रिपुरेश्वरमा आफ्नो पशुको उपचार गराउन जाने सेवाग्राहीहरुलाई चिकित्सक थापाले अभद्र व्यवहार गर्ने गरेको समेत बुझिएको छ । बेला बेलामा निकै विवादमा आउने पशु चिकित्सक बलराम थापा पशु चिकित्सा क्षेत्रमा अहिले बदनामी डाक्टरका रुपमा चिनिन थालेका छन् । उनलाई जान्ने बुझ्नेहरु भन्छन् डा. थापाको नामै नलिउं । संगै पशु चिकित्सा पढेका उनका सहकर्मीहरु समेत उनको व्यवहारबाट रुष्ट भएका कारण उनका धेरै सहकर्मीहरुसंग उनको सम्वन्ध चिसिएको बताइएको छ ।
पशु चिकित्सालय त्रिपुरेश्वरमा नै कार्यरत कर्मचारीहरु पनि उनीदेखि विरक्त बनिसकेका छन् । कसरी हुन्छ सरकारी सम्पत्तिको दुरुपयोग गरी कमाउ धन्दामा लागेका बलराम थापा सोही कारणले उनको बढुवा समेत रोकिएको जानकारहरु बताउंछन् । लामो समयदेखि ललितपुरको जावालाखेलमा निजी पशु क्लिनिक सञ्चालन गरेका उनले सोही क्लिनिक मार्फत कमाउ धन्दामा लागेको बताइएको छ ।
उनको निजी क्लिनिकमा उपचार गराउन आउने सेवाग्राहीका पशुहरुलाई साधारण परिक्षण क्लिनिकमै गर्ने गरिएको भएपनि अलि महंगोखालको परिक्षण गर्नु परेका क्लिनिकको सामग्री प्रयोग नगरी पशु चिकित्सालयमा भएको उपचार सामग्रीहरु प्रयोग गर्ने र परिक्षणका लागि आवश्यक किटहरु पनि पशु चिकित्सालयकै प्रयोग गरी राम्रै कमाई गर्ने गरेको बुझिएको छ । उनले पशु चिकित्सालयलमा आएका कतिपय सेवाग्राहीहरुलाई पनि आफ्नै क्लिनिकमा बोलाउने गरेको समेत बुझिएको छ । सरकारी अस्पतालमा उपचार गराउने र भोलीपल्ट रिपोर्टका लागि निजी क्लिनिकमा बोलाएर विल थमाउने गरेको सेवाग्राहीहरुले नै बताएका छन् । कतिपय सेवाग्राहीलाई त क्लिनिकमा बोलाएर विल थमाउने गरेका र सो विल बमोजिम रकम भुक्तानी नगरे पशुपंक्षीहरुको रिपोर्ट नै नदिने गरेको गुनासो समेत गरेका छन् । त्यत्तिमात्र होइन थोरै अभाव भएजस्ता भ्याक्सिनहरु पशु चिकित्सालयबाट उपलब्ध नगराई क्लिनिकमा बोलाएने र त्यही उपचार गर्ने नाममा ६५/६५ रुपैयां नपर्ने कुनै भ्याक्सिनलाई ६५० सम्म लिने गरेको पनि देखिएको छ । डा. थापालाई पशु चिकित्सालयमा बसेर पदको दुरुपयोग गरी आफ्नो निजी क्लिनिकमा गर्ने गरेका उपचारको सम्पूर्ण टेष्ट पशु चिकित्सालयमा गएर टेष्ट गर्ने र केही व्यापारीहरुको समेत मिलमतोमा एउटै औषधी लेखिदिने गरेको विषयमा उनीसंग कुराकानी गर्दा पशु अस्पतालमा नभएको चीज क्लिनिकमा हुन्छ त्यही नबोलाए कहां बोलाउने भन्दै धम्क्याउने प्रयास समेत गरेका छन् ।
उनले गरेका धेरै कर्तुतहरु लुकाउन सहयोग नगर्ने सवै कर्मचारीहरुलाई एक एकलाई ठिक पार्ने धम्की दिएको एक कर्मचारीले बताए । उनल आफ्नो बढुवा भएको र केही दिनमा नै पत्र बुझेपनि देखाईदिने जस्ता कुरा गरेको कर्मचारीहरुले बताएका छन् । विगतमा पनि यस्तै विवादका कारण बढुवा रोकिएको उनको अहिले बढुवा भएपनि राम्रा र इमान्दार कर्मचारीलाई पशु चिकित्सालयमा बसेर काम गर्ने उत्साह हराउंदै गएको समेत पशु चिकित्सालयमा काम गरिरहेका कर्मचारी बताउंछन् ।

प्रकाशित मिति: शनिबार, माघ २३, २०७२