शनिबार, बैशाख ८, २०८१

भैसी बेचेर किबीखेती

पर्वन , १४ माघ । परीक्षणका रूपमा सुरु गरिएको किबीखेती सफल भएपछि यहाँका एक किसानले पशु चौपाया बिक्री गरेर किबीमा लगानी गरेका छन् । लेकफाँट–७ का कृष्णबहादुर रञ्तिजाले करिब रु तीन लाखको लगानीमा किबीको व्यवसायिक खेती थालेका छन् ।
जिल्ला कृषि विकास कार्यालय र एक विदेशी विशेषज्ञले २०६६ सालमा किबीको सम्भावनाबारे बताएपछि उनले परीक्षणका रूपमा किबीका केही बोट लगाएका थिए । बारीमा लगाएका सबै बोटले फल दिन सुरु गरेपछि उनले तीन वर्षअघि आफ्नो तीन रोपनी बारीमा किबीका बिरुवा रोपेका थिए । “दुईवटा लैनो भैँसी, एउटा गोरु बेचेर रु ६० हजारको ढिकुरी बुझेर यसमा लगानी गरेँ । अहिले फल लागेपछि आशा पलाएको छ” उनले भने । अहिलेसम्म रु चार लाख लगानी गरेका उनलेले लगानी उठ्नेमा विश्वास बढेको बताए ।

प्रकाशित मिति: शुक्रबार, माघ १५, २०७२