काठमाडौं । पशुपंक्षीको औषधी व्यापारमा संलग्न भएका केही व्यापारीहरुसंगको मिलेमतोमा पशु सेवामा कार्यरत चिकित्सकहरुको पदीय दुरुपयोगका कारण अहिले पशुपंक्षीको व्यवसायमा कालो दाग लाग्न थालेको छ । त्यत्ति मात्र होइन कृषि विकास मन्त्रालय फुटेर पशुपंक्षी मन्त्रालय बनेको केही दिनमा नै विगतमा पशुऔषधी आयातमा पशु चिकित्सालयले कतिसम्मको किर्ते काम गर्दो रहेछ भन्ने कुराको पर्दाफास भएको छ ।
चिठ्ठीमा हस्ताक्षर भएका व्यक्तिको कुरालाई सक्कली भन्ने की राज्यलाई करोडौं रुपैयां राजश्व छली गर्ने पशुपंक्षीको औषधी व्यापार गर्नेको कुरालाई सक्कली भन्ने विषयमा सरोकारवाला निकायल अख्तियार दुरुपायोग अनुसन्धान आयोगले नै छानविन गर्ला । तर, पशुपंक्षी औषधी व्यापार गरेर रातारात धनी हुन खोज्नेहरुलाई यसले पक्कै पनि केही सवक सिकाउने छ ।
लामो समयदेखि पशुपंक्षीको औषधी व्यापारमा संलग्न हुंदै आईरहेका रेवती रमण निरौला अर्थात रोहितका नामले चिनिने मुनाल बायोभेटका सञ्चालकले आफू पशुपंक्षी व्यवसायी संघको अध्यक्ष भएका बेला संघको मात्र होइन सरकारी लेटर प्याडलाई नै दुरुपयोग गरी राज्यलाई करोडौं रुपैयां छली गरेका छन् ।
राज्यलाई लाखौंको राजश्व छल्ने काममा उत्प्ररित गर्ने काममा व्यापारी निरौलालाई पशु चिकित्सालयका प्रमुख बलराम थापादेखि तात्कालिन महानिर्देशक डा. प्रभाकर पाठक, डा नरबहादुर रजवार समेत संलग्न भएको स्रोतले दावी गरेको छ ।
पशु चिकित्सालयका प्रमुख डा बलराम थापाले नेपालमा दर्ता नभएको २० प्रकारका औषधी मुनाल बायोटेक नामको पशुपंक्षीको औषधी आयात गर्ने व्यापारिक संस्थालाई नेपाल भित्रयाउन सहज बनाईदिन भन्दै भन्सार कार्यालय वीरगञ्ज २०६९ माघ ८ गते पत्राचार गरेको देखिन्छ । नेपालमा दर्ता नै नभएका २० प्रकारका करोडौं मूल्य बराबरका औषधी आयात गर्न थापाले किन पत्राचार गरे ? यो खोजीको विषय बनेको छ ।
पशुपंक्षी औषधीका व्यापारी मुनाल बायोटेकले यसरी औषधी भित्रयाउनका लागि केन्द्रिय पशु चिकित्सालय त्रिपुरेश्वरको नाममा आफै कागज बनाएको र डा बलराम थापाको दस्तखत नक्कली गरेको आरोप बलराम थापाले लगाएका छन् । भने नक्कली काम गरेका व्यापारी रोहित सक्कली रेवती रमण निरौलाले आपूmले त्यसबेला नै बलराम थापादेखि तात्कालिन महानिर्देशकसम्मलाई मिलाईसकेको बताउंछन् ।
देशमा दर्ता नै नभएका पशुपंक्षी औषधी आयात गर्न अनुमति दिएको पत्रका बारेमा डा बलराम थापालाई जिज्ञासा राख्दा रेवती रमणले आफूले अरु नै प्रयोजनका लागि दिएको पत्रको हस्ताक्षर स्क्यान गरी नक्कली पत्र तयार गरी बीरगञ्ज भन्सार कार्यालयका नाममा पत्र तयार गरेको आरोप लगाएका छन् । थापाले सो मितिको पत्रमा उल्लेख गरिएको चलानी नम्वरमा सो व्यहोराको पत्र वीरगञ्ज भन्सारमा गएको देखिंदैन । तर रेवती रमणले भने पत्र आफूले नबनाएको बताउंछन् । पत्र नक्कली हो कि काम नक्कली भएको हो यस विषयमा सम्वन्धित मन्त्रालय अनविज्ञ देखिएको छ ।
यद्यपी यस्तो गलत कुराको वास्तविकता लुकाउने कार्यमा तात्कालिन पशु चिकित्सालयका प्रमुख, पशु चिकित्सकदेखि पशु सेवा विभागका महानिर्देशकसम्म मिलेको देखिन्छ । राज्यलाइ कर छल्ने, नक्कली कागजात भनाई भन्सार छल्ने र देशमा दर्ता नै नभएका औषधी आयात गर्न दिने र ल्याउने समेतलाई राज्यले कार्वाही गर्नु विकल्प नभएको व्यवसायी संघका पूर्व अध्यक्षहरुले बताएका छन् ।
नक्कली पत्रबाट करोडौंको पशुपंक्षी औषधी आयात वास्तविकता लुकाउन डिजीदेखि पशुचिकित्सकसम्म

Add Comment