आइतवार, मंसिर १७, २०८०

कृषि मन्त्रीसंग झोक्किए माओवादी अध्यक्ष पुष्पकमल दाहाल

काठमाडौं । सरकार गठन भएको सय दिन नाघिसक्दा पनि आम जनताले सरकारबाट राहत पाउन नसकेको भन्दै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल आफ्ना मन्त्रीसंग झोक्किएका छन् । दाहाल निवासमा बसेको मन्त्रीसहितको स्थायी समिति बैठकमा दाहालले आफूले पठाएका मन्त्रीहरुले जनताको काम नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् । haribol gajurel
एमाओवादीले महत्वपूर्ण र प्रत्यक्ष जनतासंग सम्वन्ध राख्ने मन्त्रालयको जिम्मेवारी पाउदा पनि प्रभावकारी ढंगले काम गर्न नसकेको भन्दै दाहाल रुष्ट भएका हुन् । कृषि विकास मन्त्रालय माओवादीको भाग परेको मन्त्रालय मध्ये सवैभन्दा ठूलो संगठन ढांचा भएको र जनतामा जानका लागि तल्लो तहसम्म पहुंच भएको मन्त्रालय भएको भएपनि खासै काम गर्ने भन्दा पनि मन्त्री जिल्ला दौडाहा र विदेश भ्रमणमा नै सक्रिय भएको आरोप समेत एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले लगाएका थिए । मल, बीउको अभाव भूकम्प पीडित किसानहरुलाई उपलब्ध गराएको बीउको गुणस्तरहीन भएर धान उत्पादन नहुंदा पनि कार्वाही गर्न नसकेको गुनासो समेत गरेको बताइएको छ ।
दाहाल निकटस्थ स्रोतका अनुसार एमाओवादीले कृषि विकास मन्त्रालय लिनुको कारण पनि तल्लो तहका किसानसम्म पहुंच बृद्धि गर्ने भएको भएपनि मन्त्रालयले काम गर्न नसकेकोमा दाहालले रुष्ट देखिएका थिए

प्रकाशित मिति: मङ्लबार, माघ १२, २०७२