शुक्रबार, बैशाख ७, २०८१

आम्दानीको आकर्षक माध्यम किबी

खोटाङ, ११ माघ । किबी खेतीप्रति जिल्लाका किसानको आकर्षण बढ्दै गएको छ । बजारको माग बढ्दै गएपछि तथा मनग्य आम्दानी हुने भएपछि किबी खेतीप्रति किसानको आकर्षण बढ्दै गएको हो । जिल्लाको उत्तरी गाविस फेदी–६ का युवा कृषक धनकुमार राईले यसवर्ष ४३३ किलो किबी उत्पादन गरेका छन् । करिब पाँच वर्षपछि फल दिने किबीले उनको खेतमा तीन वर्षमै फल दिन थालेको छ । विसं २०६९ माघमा १० रोपनी जग्गामा हेवार्ड, ब्रुनो र मन्टी जातका १२५ बोट किबी लगाइएको छ ।
रहरैरहरमा सुरु गरेको किबीखेती हाल उनँका लागि आम्दानीको आकर्षक माध्यम बनेको छ । किबीको फल तथा बिरुवा बिक्रीबाट उनले वार्षिक रु तीन लाखसम्म आम्दानी गर्न थालेका छन् । करिब सात÷आठवटा दानाले एक किलो पुग्ने किबी स्थानीय बजारमा प्रतिकिलो रु ५०० का दरले बिक्री भइरहेको राई बताए ।

प्रकाशित मिति: सोमवार, माघ ११, २०७२