शनिबार, बैशाख ८, २०८१

त्रिपुर बासिन्दा उखु खेतीमा आकर्षित

दाङ, ९ माघ । उखु खेतीबाट त्रिपुर नगरपालिका–४ स्यानी गाउँका स्थानीय बासिन्दाले राम्रो आम्दानी लिन थालेका छन् । उनीहरूले आफनो बारीमा लगाउने उखु खेतीबाट आएको आम्दानीबाट आत्मनिर्भर हँुदै आएको किसानको भनाइ छ ।
किसानले अन्यखेती नहुने स्थानमा उखुखेती गदै आएको बताउँछन् । उक्त स्थानमा रहेका करिब ४५ घरपरिवारले आ–आफनो बारीमा उखुखेती गर्ने गरेका छन् । स्थानीय कृषक रामबहादुर थारुका अनुसार गाउँका सबै मानिस उखुखेती गर्ने गरेका छन् ।
थारुका अनुसार कम खर्च थोरै मेहेनत र थोरै लगानीमा पनि उखुखेती हुने भएकाले पनि कृषक उखुखेती तर्फ आकर्षित भएका छन् । उनीहरूले उत्पादन गरेको उखुलाई जिल्लाका विभिन्न स्थानमा लगेर बिक्री गर्ने गरिएका छ ।
खासगरी जिल्लामा विभिन्न स्थानमा चार्ड पर्वको अवसरमा लाग्ने मेला महोत्सवमा उखु बिक्री गरिने गरिन्छ । उखु बिक्रीबाट गतवर्ष मात्र रु तीन लाख आम्दानी गरेको उनको भनाइ छ । मल, सिँचाइ कम लाग्ने र एक पटक लगाए दुई/तीन वर्षसम्म लगाउनु नपर्ने यो खेती सहज भएको उनको भनाइ छ ।
त्यो व्यवसायबाट आफनो घरखर्च, छोराछोरी पढाउने गरेको उनी बताउंछन् । त्यस्तै सोही ठाउँका विक्रम चौधरीले पनि उखुखेतीबाट राम्रो आम्दानी हुने गरेको बताए । ‘सानो रकमबाट सुरु गरेर राम्रो आम्दानी गर्ने सकिने भएको छ उखु खेतीबाट चौधरीले भने । उनका अनुसार सानो रकम र उखु नगदेबाली भएकोले राम्रो आम्दानी लिन सकिने गर्छ ।

प्रकाशित मिति: शनिबार, माघ ९, २०७२