शनिबार, बैशाख ८, २०८१

हिमपात पछि कर्णालीका कृषक खुशी

जुम्ला, ७ माघ । हिमपात भएपछि मुगु सहित कर्णालीका पाचैँवटा जिल्लाका किसान खुशी भएका छन् । लामो समययताको खडेरीका कारण हिमपात भएपछि कर्णालीका किसान खुशी भएका हुन् । जिल्ला कृषि बिकास कार्यालय मुगुका अनुसार खडेरीका कारण जिल्लाभर झण्डै ३० करोड बराबरको क्षती भएको थियो । खडेरीका कारण जिल्लाको ८० प्रतिशत कृषियोग्य भुमी बाझोँ रहेको थियो । कृषकहरुले हिमपात पछि बाझोँ जमिनमा गहुँ, जौ, उवा, फापर लगायतका अन्नबाली लगाउने तयारी थालेका छन् । हिमपात भएपछि अब बिभिन्न तरकारी बाली, अन्नबाली लगाउने तथा स्याउ बगैँचाको व्यवस्थापनको तयारी गरिएको कृषक बिजुली रावलले बताईन् ।

स्याउँ बगैँचा व्यवस्थापन गर्ने तथा नयाँ बिरुवा रोप्ने समय भएकाबेला हिमपात भएपछि यसले स्याउ कृषकहरुलाईपनी निकै फाईदा पु¥याएको जिल्ला कृषि बिकास कार्यालय मुगुका वरिष्ठ कृषि बिकास अधिकृत डां चन्द्रप्रसाद रिसालले बताए । यतिबेला नयाँ बिरुवा रोप्नका लागी खाडल खनेर खाडलमा हिउँ जम्मा गरिदिए फाल्गुन महिनामा नयाँ स्याउका बिरुवा लगाउँदा सहज हुने रिसालको भनाई छ । यता, हिउ संकलन पोखरी भएको जुम्लाका किसानहरुलाई हिउँ संकलन पोखरीमा धैरै भन्दा धेरै हिउँ संकलन गर्न आग्रह गरेको जिल्ला कृषि बिकास कार्यालय जुम्लाका निमित्त वरिष्ठ कृषि बिकास अधिृकत बिष्णु बहादुर महतले बताए ।

प्रकाशित मिति: बिहिबार, माघ ७, २०७२