शुक्रबार, बैशाख ७, २०८१

कृषि विकास वैंकले कृषिमा नै जोड दिनु पर्ने अर्थमन्त्रीको भनाई

काठमाडौं, माघ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कृषि विकास वैंकले कृषि यान्त्रिकरण र व्यवसायिकरणममा जोड दिनु पर्ने बताएका छन् । बैंकका ४९ औं वार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथिका रुपमा रहेका पौडेले बैंकलाई शुभकामना व्यक्त गर्दै सो कुरा बताएका हुन् । कृषि विकास वैकले आधा शताब्दीदेखि ग्रामिण क्षेत्रमा पु¥यार्उैदै आईरहेको अनुभवलाई अनुभूति गरेर विगतमा भएका त्रुटी एवं कमजोरीलाई सञ्चाउदै जानु पर्ने उनले बताए । वैकको क्षमता विकासका अर्थ मन्त्रालयले पूर्ण रुपमा सहयोग गर्न तत्पर भएको भन्दै आगामी दिनमा वैंकले मुलुकको आर्थिक मेरुदण्डको महत्वपूर्ण हिस्साका रुपमा रहेको कृषि क्षेत्रको विकास तर्फ ध्यान दिन आग्रह समेत गरेका थिए । krishi bikas bank
कार्यक्रममा नेपाल राष्ट्र बैंकका गर्भनर डा.चिरन्जीवि नेपालले कृषि विकास बैंक लि. देशका शहरदेखि ग्रामीण दुर दराजसम्म सवै क्षेत्रमा छुट्टै साख बनाउन सफल रहेको बताए । उनले किसानहरुलाई कृषिमा व्याज अनुदानमा सुविधा पाउने गरी कार्यक्रम सञ्चालन गर्नका लागि आग्रह समेत गरेका थिए ।
कृषि क्षेत्रको विकास गर्न कृषि विकास बैंकको नामले पनि क्रियाशील भएर लाग्नु पर्ने बताए ।
कृषि विकास बैङ्कको कर्जा प्रवाहले कृषि व्यवसायमा व्यावसायीकरण गर्न, कृषि जन्य उद्योग स्थापना गर्न, वैकल्पिक उर्जा उत्पादन बढाउन, कृषि यान्त्रीकरण लगायत नेपाल सरकारको प्राथमिकता प्राप्त कार्यक्रम र अन्य वाणिज्य बैंकिंग कार्यहरुमा वित्तीय सेवा पु¥याउदै आएको चर्चा गरिएको थियो । यसबाट ग्रामीण क्षेत्रमा कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि र गरिबी न्यूनीकरणमा प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा सेवा पुगेको बताइएको छ ।
नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन अन्तरगत रही, “युवाहरुलाई व्यावसायिक कृषि कर्जामा प्रदान गरिने ब्याज अनुदान सम्बन्धी कार्यविधि २०७१” लाई प्राथमिकताका साथ कार्यान्वयनमा ल्याई कर्जा लगानी गर्नुका साथै सम्वन्धित निकायहरुसंग समन्वय गरी लघु बीमा (पशु तथा बाली सुरक्षण) नपुगेका क्षेत्रहरुलाई प्राथमिकता दिदै क्षेत्रीय कार्यालयहरु तथा क्षेत्रीय तालीम केन्द्रहरुलाई अधिक परिचालन गरी लघुबीमा कार्यक्रम संञ्चालन गर्दै आएको वैंकले जनाएको छ । कृषि क्षेत्रमा कर्जाको पहुँच वृद्धि गर्न यस आर्थिक वर्षमा निर्धारण गरिएको कर्जा प्रवाह लक्ष्य बमोजिम खूद कर्जा वृद्धि मध्ये न्यूनतम १० प्रतिशत कृषि क्षेत्रमा प्रवाह गर्ने लक्ष्य समेत वैंकले लिएको छ ।

प्रकाशित मिति: बिहिबार, माघ ७, २०७२