शनिबार, बैशाख ८, २०८१

अलैँची किसान सङ्गठित

खोटाङ, ७ माघ । सुरक्षित लगानी, उचित बजार व्यवस्थापन तथा व्यावसायीकरणका लागि जिल्लाका अलैँची कृषक सङ्गठित भएका छन् । फेदी गाविसका अगुवा कृषक वीरबहादुर तामाङको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरिएको हो । जिल्लाको बाँझेच्यानडाँडाका रघुनन्द राई उपाध्यक्ष र खार्ताम्छाका प्रेमकुमार राईलाई सचिवमा चयन गरेको छ । जिल्लाबाट वार्षिक रु ९० करोडदेखि रु ९६ करोडको अलैँची निर्यात हुने गरेको छ ।
खेर गइरहेको भिरालो, सेपिलो, ओसिलो र छहारी भएको जमिनमा उत्पादन हुने अलैँची हाल जिल्लाको ९१५ हेक्टरमा खेती गरिएको छ । जिल्लाका ३४ गाविसमा उत्पादन हुने अलैँची भोजपुर, धनकुटा, धरान र झापाको बिर्तामोड हुँदै भारत निकासी हुने गरेको छ ।

प्रकाशित मिति: बिहिबार, माघ ७, २०७२