शनिबार, बैशाख ८, २०८१

कुहिएको मासुको पीडामा म आफै परें : महानिर्देशक प्रेमी

काठमाडौं । पशुजन्य बस्तुहरुमा हरेक बर्ष परनिर्भरता सहनु परेकाले उत्पादन र उत्पादकत्व बृद्धि गर्ने कार्यकमा पशुपंक्षी विकास मन्त्रालय लागिरहेको सो मन्त्रालयका निमित्त सचिव श्याम पौडेलले बताएका छन् । भेटेरीनरी जनस्वास्थ्य कार्यालयले आयोजना गरेको पशु वधशाला तथा मासु जांच ऐन, नियम, निर्देशिका कार्यान्वयका लागि सरोकारवालासंगको छलफलमा निमित्त सचिव पौडेले सो कुरा बताएका हुन् । kesav premi
ज्यादै अव्यवस्थित र विभत्स तरीकाले पशुहरुको काटमार, ओसारपसार भईरहेको बताउंदै उनले रांगा र बंगुरको ओसार पसार एवं काटमारमा विभत्स तरीकाले गरेको मात्र होइन गुणस्तरका हिसावले पनि अत्यन्तै जोखिम भएको समेत बताए । उनले उत्पादकदेखि उपभोक्तासम्म अहिले खाद्य स्वचछताको कुरा उठिरहेको भन्दै उनले मासुजन्य पदार्थको स्वच्छताको आजाव बलियो हुंदै गईरहेको समेत बताए ।
कार्यक्रममा पशु सेवा विभागका महानिर्देशक डा केशवप्रसाद प्रेमीले बधशालालाई व्यवस्थित गर्न र मासु जांच ऐन २०५५ लाई कार्यान्वय गर्न मन्त्री सचिव समेत प्रतिवद्ध भएर लागिरहेको बताए । उनले पशु सेवा विभागको महत्वपूर्ण र चुनौतिको विषय भनेकै मासु जाँच ऐन कार्यान्वय गराउनु रहेको बताए ।
मासु जन्य बस्तुको स्वच्छताको विषयलाई लिएर चाडपर्वमा मात्र नभएर निरन्तर अनुगमनमा लागिहरु आफूहरु लागिरहेको पनि उनले बताउंदै यो बर्षभित्र एउटा नगरपालिकाबाट भएपनि कार्यान्वयन गराएरै छाड्ने प्रतिवद्धता दिएका छन् । महानिर्देशक प्रेमीले अहिले पैसा कमाउने नाममा मासुजन्य बस्तु व्यापार गर्नेदेखि पार्टी प्यालेससम्मले गुणस्तरहिन मासुको प्रयोग गर्दै गईरहेको त्यसको मारमा आफूनै परेको खुलासा गरे ।
कुनै एउटा कार्यक्रममा आफैले पार्टी प्यालेसले प्रयोग गरेको मासु कुहिएको र गुणस्तरहिन भोग्नु परेको तितो अनुभव सुनाउंदै महानिर्देशक प्रेमीले त्यस्ता गुणस्तरहिन मासु विक्री वितरण रोक्न लागि आफूहरु प्रतिवद्ध भएर लागेको र प्रहरी सहायताबट अझ कडाई गर्ने समेत बताए ।
सो छलफल कार्यक्रममा काठमाडौं महानगरपालिका जनस्वास्थ्य तथा समाज कल्याण विभागका प्रमुख हरिकुमार श्रेष्ठले काठमाडौं महानगरपालिका क्षेत्रभित्र पशुबधशाला र मासु पसलहरुका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति: बुधबार, माघ ६, २०७२