बुधबार, बैशाख १२, २०८१

कृषिमा आत्मनिर्भर हुनु पर्ने

cp-mainali-final
काठमाडौं, ६ माघ । भारतले गरेको अघोषित नाकावन्दीका कारण हामी कति परनिर्भर छौं भन्ने कुरा पुष्टि गरेको भन्दै कृषिमा आत्मनिर्भर बन्न सक्ने हो भने नाकावन्दी जस्ता घटनाले हामीलाई कुनै पनि असर नगर्ने उपप्रधान एवं महिला तथा समाज कल्याण मन्त्री सिपी मैनालीले बताएका छन् । काठमाडौंमा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै मैनालीले सो कुरा बताएका हुन् । दुई ढुङा वीचको तरुलका रुपमा रहेको नेपालले कृषि क्षेत्रको विकासका लागि काम गर्दै आत्मनिर्भरता तर्फ अगाडि बढ्नुको विकल्पन नभएको पनि बताए । राष्ट्रियताका कुरा गर्ने र राष्ट्रिय स्वाभिमानका लागि पनि नेपालीहरुले कृषि प्रधान देश भएका नाताले पनि कृषिको विकासका लागि युवाहरुलाई सक्रिय गराउनु पर्ने उपप्रधानमन्त्री मैनालीले उद्घोष गरेका हुन् ।

प्रकाशित मिति: बुधबार, माघ ६, २०७२