शनिबार, बैशाख ८, २०८१

बधशालादेखि भान्छासम्म सफा र स्वस्थ मासु

म्याग्दी,  माघ । कृषि विकास मन्त्रालयबाट विभाजन भएको पशुपंक्षी विकास मन्त्रालयका मन्त्री, राज्य मन्त्री एवं सचिवहरु समेत यतिबेला मन्त्रालयमा देख्न सकिंदैन । मन्त्री देखिराज्य मन्त्रीसम्म देश दौडाहा गएको देखिन्छ । पशुपंक्षी मन्त्री शान्ता मानवी र सचिव डा. कृष्णचन्द्र पौडेल सुदुरपश्चिम भ्रमणमा छन् । त्यसैगरी पशुपक्षी विकास राज्यमन्त्री नरदेवी पुनले भने पश्चिमाञ्चल भ्रणममा निस्किएकी छिन् । nardevi pun
पशुपंक्षी विकास मन्त्रालय यतिखेर मासुजांच ऐन २०५५ लाई कसरी कार्यान्वय गर्ने भन्ने पक्षमा प्रतिवद्ध भएर लागिरहेको देखिन्छ । मन्त्रालय विभाजन पश्चात यसलाई पुन एकीकरण हुन नदिन पनि मन्त्रालयका सचिवदेखि ग्रामिणतहसम्मका कर्मचारीहरु लागिरहेका छन् ।
त्यहीभएर होला पशुपंक्षी राज्य मन्त्री नरदेवी पुनले मासुजन्य बस्तुलाई स्वच्छ बनाउनका लागि ‘बधशालादेखि भान्छासम्म सफा र स्वस्थ मासु’ अभियान सञ्चालन गरिने घोषणा म्याग्दीमा पुगेर गरेकी छिन् । म्याग्दीको .बेनीमा आयोजित कार्यक्रममा राज्यमन्त्री पुनले सफा र स्वस्थ्य मासु उपभोग गर्ने वातावरण तयार गरी जनस्वास्थ्यमा सुधार ल्याउन मन्त्रालयले यस्तो अभियान सुरु गर्ने तयारी गरेको खुलासा गरेकी छिन् ।
पशु बध गर्ने स्थल, मासु पसलदेखि उपभोक्ताले उपभोग गर्ने तरिका स्वस्थ्य र सफा हुन जरुरी छ”¬–राज्यमन्त्री पुनले भनिन् । “सफा र स्वस्थ्य मासु उपभोग गर्ने अवस्था भएमा मात्रै धेरै रोग न्यूनीकरण गर्न सहयोग पुग्ने मात्र होइन, नेपालमा उत्पादित मासुको अन्तर्राष्ट्रिय बजार विस्तार हुन सक्छ ।” उनको तर्क थियो ।
यो अभियान सञ्चालनका लागि मन्त्रिस्तरमा निर्णय भएर कार्यविधि तयार गर्न लागिएको समेत उनले बताइन् । बधशाला र मासु पसल सुधार गर्न मन्त्रालयको उच्चस्तरीय टोली र जिल्लामा पशु सेवा कार्यालयको नेतृत्वमा नियमित अनुगमन संयन्त्र तयार गर्न लागिएको छ ।

प्रकाशित मिति: मङ्लबार, माघ ५, २०७२